भूमिमन्त्री अधिकारीलाई शिक्षा मन्त्रालयको पनि जिम्मेवारी | Khabarhub Khabarhub

भूमिमन्त्री अधिकारीलाई शिक्षा मन्त्रालयको पनि जिम्मेवारी


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई शिक्षा मन्त्रालयको पनि जिम्मेवारी तोकिएको छ ।

शिक्षामन्त्री विद्या भट्टराईले दुई दिनअघि राजीनामा दिएपछि उक्त मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीमातहत नै थियो । तर अब उक्त मन्त्रालय भूमिमन्त्री अधिकारीलाई तोकिएको हो ।

बुधबारबाट लागू हुने गरी अधिकारीलाई शिक्षाको पनि जिम्मेवारी दिइएको प्रधानमन्त्री ओलीको सचिवालयले बताएको छ । तर यसको औपचारिक जानकारी मन्त्रालयले गराइसकेको छैन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यसको जानकारी वैशाख १२ गते बस्ने प्रतिनिधिसभा बैठकमा गराइनेछ । बुधबार बिहान शिक्षकहरूसँगको वार्तामा पनि मन्त्री अधिकारी उपस्थित थिए ।

’अहिले उहाँलाई शिक्षकहरूसँगको वार्तामा जान र शिक्षा मन्त्रालयसँग सरोकार रहेका विषयको बैठकमा सहभागी हुन जिम्मेवारी दिइएको छ,’ प्रधानमन्त्रीको सचिवालयले खबरहबलाई भन्यो, ‘यसको जानकारी १२ गते बस्ने प्रतिनिधिसभा बैठकमा गराइने।’

शिक्षा मन्त्रालय प्रवक्ता नीलकण्ठ ढकालका अनुसार अहिलेसम्म अधिकारी शिक्षा मन्त्रालयमा प्रवेश गरेका छैनन्। उनले भने, ‘मन्त्रीज्यू यहाँ आइसक्नु भएको छैन । उहाँलाई शिक्षाको पनि जिम्मेवारी दिएकोबारे हामीलाई जानकारी भएन ।’

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  २ : ४७ बजे

मतदाता नामावलीमा नाम दर्ता गराउन युवामा उत्साह

मोरङ– आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि युवा

मधेसको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी : महन्थ ठाकुर

महेन्द्रनगर– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस

एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक बुधबार

हमासले बुझाएको शव विपिनकै भएको पुष्टि, इजरायली सेनाको दाबी : बन्धक अवस्थामै हत्या गरिएको हुन सक्छ

तेलअभिभ- हमासले सोमबार हस्तान्तरण गरेका मृतक चार बन्दीको शवमध्ये एउटा

गौरव ऐरलाई आक्रमण गरेको अभियोगमा ११ जना पक्राउ

सुदूरपश्चिम–  कैलालीको गोदावरी नगरपालिका–४ स्थित शुभम् होटेलमा दुई दिनअघि ३२