ऊर्जामन्त्री र सचिवसँग विवादपछि राज्यमन्त्री तामाङ बर्खास्त | Khabarhub Khabarhub

ऊर्जामन्त्री र सचिवसँग विवादपछि राज्यमन्त्री तामाङ बर्खास्त


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङलाई लिएर ऊर्जामन्त्री दीपक खड्कासँग सुरू भएको द्वन्द्व बढ्दै गएपछि तामाङ बर्खास्तीमा परेका छन् ।

त्यसैगरी ऊर्जा सचिव सुरेश आचार्यसँग पनि उनको तनाव थियो । आफ्नो कार्यक्रममा उपस्थित नभएको भन्दै उनले ऊर्जा सचिव आचार्यलाई स्पष्टीकरण सोधेका थिए ।

मन्त्रीदेखि सचिवसहितसँग झगड चलेपछि कार्यशैलीमा प्रश्न उठेको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि राखेका थिए ।

त्यसपछि गृहमन्त्री रमेश लेखकले तामाङलाई राजीनामा दिन सुझाएका थिए । तर, तामाङले राजीनामा नदिने अडान लिँदा प्रधानमन्त्रीले बर्खास्त गरेका हुन् ।

कांग्रेसका सांसदसमेत रहेका तामाङले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा उभिएर उनको बर्खास्तीविरुद्ध बोलेका थिए ।

मन्त्रालयका सचिव आचार्यसँगको विवाद हुँदा सोधिएको स्पष्टीकरण पनि विवादमा परेको थियो । तिनै कारण तामाङले पद गुमाउन पुगेका हुन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : ०४ बजे

बर्दियाका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

बर्दिया– अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला

आविष्कार केन्द्रलाई मैले बजेट छुट्याउनु अनैतिक हुन्छ : शिक्षामन्त्री पुन

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले आफू मन्त्री भएपछि राष्ट्रिय अविष्कार

चितवनमा सयपत्री फूलको व्यवसायिक उत्पादन

चितवन– तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेको छ

संरक्षणको पर्खाइमा ‘चुदारा’ पेसा

भोजपुर– भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुँडा बनाउने परम्परागत ‘चुदारा पेसा’

जेनजी आन्दोलन र अबको राजनीतिक बाटो

जेनजी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले नेपालको लोकतान्त्रिक यात्रामा