नेको इन्सुरेन्सले सात प्रतिशत बोनस दिने  | Khabarhub Khabarhub

नेको इन्सुरेन्सले सात प्रतिशत बोनस दिने 


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई बोनस दिने भएको छ ।

कम्पनीको बिहीबार बसेको ४८०औँ सञ्चालक समितिको बैठकले शेयरधनीलाई सात प्रतिशत बोनस दिने भएको हो ।

कम्पनीका सचिव विष्णुप्रसाद धितालका अनुसार इन्सुरेन्सले सात प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीले उक्त बोनस शेयर तथा नगद लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि आगामी बस्ने साधारणसभाले पास गरेपछि वितरण गर्नेछ ।

बुधबारको अन्तिम मूल्य अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेकोको प्रतिकित्ता शेयर मूल्य ७४२ रुपैयाँ ४६ पैसा रहेको छ ।

एक वर्षको अवधिमा उक्त कम्पनीको शेयर उच्चतम् १ हजार ५० रुपैयाँ र न्यूनतम ७३५ रुपैयाँ सम्म पुगेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १० : ५५ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित