महाधिवेशनका लागि ध्रुवीकरण बढिरहँदा शशांक कोइरालाको चियापान | Khabarhub Khabarhub

महाधिवेशनका लागि ध्रुवीकरण बढिरहँदा शशांक कोइरालाको चियापान


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसमा आगामी महाधिवेशनका लागि ध्रुवीकरण बढिरहेका बेला पूर्वमहामन्त्री डा. शशांक कोइरालाले विभिन्न समूहमा देखिँदै आएका नेताहरू बोलाएर चियापान गरेका छन् । 

लोकतन्त्र दिवसको अवसर पारेर उनले बिहीबार महाराजगञ्जस्थित निवासमा पार्टीको संस्थापन र संस्थापन इतर समूहका नेताहरूलाई बोलाएर चियापान गरेका हुन् ।   

पूर्वमहामन्त्री शशांक कोइरालाको निम्तोमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता डा. प्रकाशशरण महत महाराजगञ्ज पुगेका थिए ।

 चियापान समारोहमा ऊर्जामन्त्री दीपक खड्का, केन्द्रीय सदस्यहरू एनपी साउद, पुष्पा भुसाल, दीपक गिरी, शिव हुमागाईं, किरण यादव, दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, नैनसिंह महर, गुरू बराल, राजीब ढुंगाना, उर्मिला थपलियालगायत पनि सहभागी थिए । 

चियापानका लागि बोलाइएकाले शशांक निवास महाराजगञ्ज पुगेका अधिकांश नेताहरूले बताएका छन् । चियापानमा नेताहरूको बाक्लो उपस्थिति रहेकाले राजनीतिक विषयमा कुराकानी नभएको एक नेताले जानकारी दिए । 

‘चियापानका लागि भनेर बोलाइएको थियो । म पुगेको हुँ,’ एक केन्द्रीय सदस्यले खबरबहसँग भने, ‘केही दिनअघि ११ भाइ भनेर चर्चामा आउनुभएका नेताहरूसँगै अरु-अरु पनि आउनुभएको थियो । खासै त्यस्तो कुरो केही भएन ।’

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १ : ४३ बजे

किस्ट अस्पतालमा तोडफोड, मृतकका आफन्त र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं– बिरामीको मृत्युलाई लिएर किस्ट अस्पतालमा तनाव भएको छ ।

‘जारी २’ को ट्रेलर : दोहोरियो दयाहाङ-मिरुनाको झगडा, यसपाली छोरी छोडेर माइती

काठमाडौं – कात्तिक २१ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘जारी

थप १ सय ४४ जनामा डेंगु सङ्क्रमण, सङ्क्रमित ६ हजार नाघे

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ४४ जनामा डेंगुको

दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका हेलिकोप्टर र लडाकु विमान दुर्घटना

काठमाडौं- दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका लडाकु विमान र हेलिकोप्टर

जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी भएको छैन : स्वास्थ्यमन्त्री शर्मा 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले जेन-जी आन्दोलनका