ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतबाट भेटवार्ता | Khabarhub Khabarhub

ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतबाट भेटवार्ता


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेका छन् ।

महानगरप्रमुख चिरीबाबु महर्जन र राजदूत लोरेन्जोबीच सोमबार महानगरप्रमुखको कार्यकक्षमा भेटवार्ता भएको हो ।

ललितपुरको विकास निर्माण र युरोपेली युनियनसँगको सम्बन्धका बारेमा छलफल भएको महानगर प्रमुख महर्जनले जानकारी दिए । ‘राजदूत भेरोनिक लोरेन्जोसँगको भेटघाट अत्यन्तै सौहार्द्रपूर्ण रह्यो, महानगरमा भएका कामका बारेमा उहाँले चासोपूर्वक जानकारी लिनुभयो, हामीले सम्पदा संरक्षण, वातावरण संरक्षण, हरियाली प्रवर्द्धनका क्षेत्रमा गरेका प्रशस्तै कामका बारेमा रुचिपूर्वक जानकारी लिनुभयो, आपसी हितका विषयमा अति प्रभावकारी छलफल भयो’, उनले भने।

महानगर प्रमुख महर्जनले सामाजिक विकासलाई महानगरले प्राथमिकतामा राखेर काम गरेको जानकारी गराउँदै विपद् व्यवस्थापनका क्षेत्रमा देशका सबै नगरपालिकामध्ये ललितपुरले उत्कृष्ट काम गरिरहेको जानकारी गराए ।

युरोपेली युनियनका राजदूत लोरेन्जोले महानगर प्रमुख महर्जनले महानगरको विकासमा गरेको प्रगति, दूरदर्शिता र प्रतिबद्धता प्रशंसनीय भएको धारणा राखे । उनले समाजमा सकारात्मक परिवर्तनका लागि सक्रियतापूर्वक काम गरिरहेको महानगरको प्रमुखसँग भेटेर कुराकानी गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

महानगरको न्यानो आतिथ्यताप्रति आभार प्रकट गर्दै राजदूत लोरेन्जोले यहाँका नागरिकको हित र समग्र विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल र युरोपेली युनियनबीचको सम्बन्धलाई मजबुत बनाउन सहयोग गर्ने धारणा राखे ।

भेटका क्रममा ‘युरोप डे २०२५’ का बारेमा पनि छलफल भएको थियो । प्रत्येक वर्ष मे ८ मा युरोप डे मनाइन्छ । यो वर्षको युरोप डेमा पाटन सङ्ग्रहालयमा कार्यक्रम आयोजना गरिएको सन्दर्भमा छलफल भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले जानकारी दिइन् ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ६ : ५१ बजे

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने

पाहुना बोलाउन लाज मान्ने बस्तीमा पक्की सडकले ल्याएको खुसी

सिरहा– सिरहाको सिरहा नगरपालिका– ६ स्थित भुस्कुलिया टोलका दशकौँदेखि हिलो

त्रिशूलीमा बाढी आउँदा फसेकाको उद्धारका लागि हेलिकप्टर पुग्यो

काठमाडौं – नुवाकोटको विदुरमा त्रिशूली नदीमा फसेकाको उद्धारका लागि हेलिकप्टर

रसुवाका सहायक प्रजिअ भन्छन्- बाढीमा कम्तीमा ११ जना बेपत्ता छन्

काठमाडौं – रसुवामा आएको बाढीले अहिलेसम्म ११ जना बेपत्ता भएको

राष्ट्रियसभा बैठकमा जलस्रोत विधेयकमाथि छलफल हुने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मङ्गलबार बस्दैछ । बैठक दिउँसो