चार दिन निरन्तर घटेपछि बिहीबार २ अंकले बढ्यो नेप्से  « Khabarhub

चार दिन निरन्तर घटेपछि बिहीबार २ अंकले बढ्यो नेप्से 


११ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार दिनसम्म निरन्तर घटेको शेयर बजार साताको अन्तिम दिन भने बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०८ अंकले बढेर २६५८ विन्दुमा पुगेको छ । आज नेप्से ०.०७ प्रतिशतले बढेको हो । 

आज ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर कारोबार भएको छ । ८३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । यस्तै ३०८ वटा कम्पनी कारोबारमा आउँदा ७० हजार ७०३ पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूह मध्ये ५ वटा समूह बढेको छ भने बाँकी ७ वटा समूह घटेको छ । सबैभन्दा बढी लगानी समूह २.४९ प्रतिशतले बढेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.०३ प्रतिशतले बढेको छ । 

आज सबैभन्दा बढी होटल तथा पर्यटन १.१६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम अन्य समूह ०.१३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ३ : ३५ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै