शिक्षामन्त्री पन्तले भने- शिक्षक आन्दोलनबारे जानकार छु, समस्या पनि थाहा छ « Khabarhub

शिक्षामन्त्री पन्तले भने- शिक्षक आन्दोलनबारे जानकार छु, समस्या पनि थाहा छ


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बिहीबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छ्न ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

त्यसक्रममा पन्तले शिक्षकहरू २३ दिनदेखि आन्दोलनरत रहेको जनाउँदै उक्त समस्या समाधानका लागि सबै शक्ति लगाउने बताएका छ्न ।

‘भर्खरै त मन्त्रालयमा आएँ, समस्याबारे जानकारी पाएको छु । सबै विषयमा जानकारी लिइसकेको छैन’, उनले भने, ‘शिक्षकका माग र समस्याबारे राम्ररी जानकारी लिइसकेपछि विस्तृतमा आफ्नो विचार व्यक्त गरौँला ।’

पन्तले आफूले पहिलेबाटै शिक्षकहरूलाई सडकमा राख्न नहुने बताइरहेको पनि स्मरण गराए । ‘शिक्षकहरूलाई सडकमा राख्नु हुँदैन भन्दै आएको छु । म उहाँहरूलाई घर फर्काउने गरी समस्याको समाधान गर्न प्रयत्न गर्ने छु ।’

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : २९ बजे

नवलपुरमा थपिए ९ हजार मतदाता

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन्

भोजपुर नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर– समाज निर्माणमा जीवनभर पुर्‍याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४

हुलाकी राजमार्ग : इनरुवा सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडिएको छ।

सत्य बोलेर देशलाई गुन लाउने कि ?

हामी बुद्धिजीवीले समय, स्थान र घटनाकम अनुसार आफ्नो तटस्थ अभिव्यक्ति

मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या

मुस्ताङ– अत्यधिक चिसो बढेसँगै मुस्ताङका बालबालिका रुघाखोकी, निमोनियालगायत समस्याबाट प्रभावित