तीनकुनेमा आगजनी र तोडफोड गरेको आरोपमा थप एक जना पक्राउ « Khabarhub

तीनकुनेमा आगजनी र तोडफोड गरेको आरोपमा थप एक जना पक्राउ


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल-३ घर भएका ४० वर्षीय मनोज भन्ने मिनोज थापा रहेका छन् । 

तीनकुने स्थित खुल्ला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ द्वारा आयोजित प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धानको सिलसिलामा निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न थापालाई प्रहरीले पक्राउ गरेका हो  ।

उनीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पहिलो पटक ३ दिन म्याद लिइएको छ । 

गत चैत्र १५ गते दुर्गा प्रसाईँको नेतृत्वमा तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । प्रदर्शनकारी हिंस्रक बन्दा आगजनी र तोडफोड भएको थियो ।  

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ७ : ४९ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार