‘अरु सरकार जान्छ, जान्छ भन्छन्, एमाले मिसन ०८४ मा लागिसक्यो’ « Khabarhub

‘अरु सरकार जान्छ, जान्छ भन्छन्, एमाले मिसन ०८४ मा लागिसक्यो’


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरूले सरकार जान्छ जान्छ भनेर नचाहिँदो हल्ला गरेको बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको ‘युथ सेलिब्रेशन’ कार्यक्रमलाई छोटो सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिले विरोधीहरू सरकार जान्छ जान्छ जान्छ भन्न थालेका छन् । लोकतन्त्रमा हामीलाई सरकार स्थिर चाहिन्छ । त्यहीअनुसार हामी मिलेर व्यवस्थालाई बलियो बनाउन लागिरहेका छौँ’, उनले भने, ‘चिन्ता सरकारको गर्ने, हामी होइन चुनाव हेर्ने हो । हामीले मिसन ०८४ भनिरहेका छौँ । अब तपाईंहरू सबैजना मिसन ०८४ मा लाग्नुस् ।’

उनले आफूहरूले अहिलेको संसद्को बनावट अनुसार सकेसम्म सरकारमा रहेर देशलाई अघि बढाउन खोजेको बताए । ‘सरकार चलाउने जे गर्ने हामी गरिरहेका छौँ । संसद्को बनावट अनुसार ठीक ढंगले देश अघि लैजाने कुरामा ध्यान दिएका छौँ’, उनले भने, ‘एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन अब तपाईंहरू लाग्नुस् । एमालेलाई कमजोर बनाउन अनेक प्रयास भइरहेका छन्, जनमत फुटाउने प्रयास भइरहेका छन् । त्यसविरुद्ध सबै जुट्नुस् ।’

अर्को प्रसंगमा ओलीले जनताको बलिदाको अपमान गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले मजाक उडाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेले बिहीबार आयोजना गरेको ‘युथ सेलिब्रेशन’ समारोह सम्बोधन गर्दै उनले राजावादीका पछिल्ला गतिविधिप्रति आपत्ति जनाएका हुन् ।

‘देशमा लोकतन्त्र नमान्ने, संविधान नमान्ने, जनताको बलिदानको अपमान गर्ने, संघर्षको अपमान गर्ने, सफलतालाई अस्वीकार गर्ने र त्यसलाई मजाक उडाउने काम भएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

ओलीले देखिने, सुनिने र बुझिने गरी युवाले लोकतन्त्र र संविधानको रक्षा गर्दै देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउने काम गर्नुपर्नेमा जोड दिए ।

‘अब युवाहरूले यस्ता कुराहरुलाई देखिने गरी, सुनिने गरी, बुझिने गरी अस्वीकार गर्न आँट गर्नुपर्दछ, उनले भने, ‘र, यस्ता कुराहरुलाई अस्वीकार गर्दै लोकतन्त्रको रक्षा गर्ने, संविधानको रक्षा गर्ने र देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउने काम गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले विगतमा राजतन्त्रमा रहेको राजाको जेठो छोरा राजा हुने प्रचलनलाई पाखण्डी सिद्धान्तको संज्ञासमेत दिए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : ५६ बजे

भोजपुर नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर– समाज निर्माणमा जीवनभर पुर्‍याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४

हुलाकी राजमार्ग : इनरुवा सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडिएको छ।

सत्य बोलेर देशलाई गुन लाउने कि ?

हामी बुद्धिजीवीले समय, स्थान र घटनाकम अनुसार आफ्नो तटस्थ अभिव्यक्ति

मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या

मुस्ताङ– अत्यधिक चिसो बढेसँगै मुस्ताङका बालबालिका रुघाखोकी, निमोनियालगायत समस्याबाट प्रभावित

शुक्लाफाँटाका तीन सामुदायिक विद्यालयमा ‘रेट्रोफिटिङ’ गरिँदै

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा आधुनिक प्रविधिमार्फत