जम्मू–कश्मीर हमलाका आतङ्ककारीबारे सूचना दिनेलाई २० लाख पुरस्कार « Khabarhub

जम्मू–कश्मीर हमलाका आतङ्ककारीबारे सूचना दिनेलाई २० लाख पुरस्कार


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जम्मू कश्मीरस्थित पहलगाममा २७ जना पर्यटक मारिने गरी भएको आतंककारी आक्रमणमा संलग्न भनिएकाहरूको स्केच सार्वजनिक गरिएको छ। जसको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भएको इन्टेलिजेन्स एजेन्सीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम दैनिक भाष्करको अनलाइन संस्करणले जनाएको छ ।

स्केच जारी गर्दै प्रहरीले उनीहरुको बारेमा सुचना दिनेलाई २० लाख भारु पुरस्कार दिने घोषणा गरेको छ । प्रहरीले भनेको छ, “उनीहरूको बारेमा कुनै पनि जानकारी दिने जो कोहीलाई २० लाख भारु पुरस्कार दिइनेछ ।”

सुरक्षा एजेन्सीका अनुसार यो आक्रमणका ‘मास्टर माइण्ड’ लश्कर– ए– तैयबाका सहप्रमुख सैफुल्लाह खालिद रहेको उल्लेख गरिएको छ ।

मंगलबार भएको आक्रमणमा २६ जनाको ज्यान जाँदा २० भन्दा बढी घाइते भएका छन् । स्थानीय बेसरन उपत्यकामा खचाखच पर्यटक रमाइरहेका बेला आक्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

लश्कर ए तैयबाले जिम्मेवारी लिएको उक्त आक्रमणमा मृत्यु हुनेहरूमा एकजना नेपाली युवा सुदीप न्यौपाने पनि छन् । उनी रुपन्देहीको बुटवल उपमहानगरपालिकाका हुन्।

आक्रमणमा यूएईका एकजना मारिएका छन् । स्थानीयबासी दुईसहित भारतकै उत्तर प्रदेश, गुजरात, मध्यप्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिसाका पर्यटक पनि मारिएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ११ : ०४ बजे

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका