देउवा र प्रचण्ड नआउने भएपछि संसद्‍मा प्रधानमन्त्रीको सम्बोधन स्थगित « Khabarhub

देउवा र प्रचण्ड नआउने भएपछि संसद्‍मा प्रधानमन्त्रीको सम्बोधन स्थगित


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षे अधिवेशनको पहिलो दिन शुक्रबारको संसद् बैठकमा सम्बोधन नगर्ने भएका छन् ।

उनले संसद्को पहिलो दिन सम्बोधन गर्ने कार्यक्रम स्थगित गरिएको हो ।

संघीय संसद्को वर्षे अधिवेशन सुरू हुने भएपछि प्रधानमन्त्री ओलीले शुक्रबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो।

शुक्रबारको बैठकमा शीर्ष नेताहरू उपस्थित नहुने भएपछि सम्बोधन स्थगित गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको बारपाकमा छन् ।

उता सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा थाइल्याण्डमा छन् । उनी शुक्रबार अपरान्ह मात्रै काठमाडौं आइपुग्ने तालिका छ। प्रतिपक्षी र सत्तारुढ दुई ठूला नेता अनुपस्थित हुने भएपछि ओलीको सम्बोधन पनि रोकिएको हो ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : १३ बजे

भोजपुर नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर– समाज निर्माणमा जीवनभर पुर्‍याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४

हुलाकी राजमार्ग : इनरुवा सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडिएको छ।

सत्य बोलेर देशलाई गुन लाउने कि ?

हामी बुद्धिजीवीले समय, स्थान र घटनाकम अनुसार आफ्नो तटस्थ अभिव्यक्ति

मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या

मुस्ताङ– अत्यधिक चिसो बढेसँगै मुस्ताङका बालबालिका रुघाखोकी, निमोनियालगायत समस्याबाट प्रभावित

शुक्लाफाँटाका तीन सामुदायिक विद्यालयमा ‘रेट्रोफिटिङ’ गरिँदै

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा आधुनिक प्रविधिमार्फत