देउवा र प्रचण्ड नआउने भएपछि संसद्‍मा प्रधानमन्त्रीको सम्बोधन स्थगित « Khabarhub

देउवा र प्रचण्ड नआउने भएपछि संसद्‍मा प्रधानमन्त्रीको सम्बोधन स्थगित


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षे अधिवेशनको पहिलो दिन शुक्रबारको संसद् बैठकमा सम्बोधन नगर्ने भएका छन् ।

उनले संसद्को पहिलो दिन सम्बोधन गर्ने कार्यक्रम स्थगित गरिएको हो ।

संघीय संसद्को वर्षे अधिवेशन सुरू हुने भएपछि प्रधानमन्त्री ओलीले शुक्रबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो।

शुक्रबारको बैठकमा शीर्ष नेताहरू उपस्थित नहुने भएपछि सम्बोधन स्थगित गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको बारपाकमा छन् ।

उता सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा थाइल्याण्डमा छन् । उनी शुक्रबार अपरान्ह मात्रै काठमाडौं आइपुग्ने तालिका छ। प्रतिपक्षी र सत्तारुढ दुई ठूला नेता अनुपस्थित हुने भएपछि ओलीको सम्बोधन पनि रोकिएको हो ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : १३ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

चिकित्सक संघको निर्वाचन सुरु, तीन प्यानलबीच कडा प्रतिस्पर्धा

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि आजदेखि

खण्डहर कारखाना ब्युँझाएर स्वाधीन अर्थतन्त्र थालौँ

कुनै समय थियो– जब काठमाडौँको बालाजु यन्त्रशालाले निर्माण गरेका जलविद्युत्

एउटै स्टारलाई दर्शकले कति हेर्लान् ?

काठमाडौं –  मुख्यतः नेपालमा तीन प्रकारका फिल्मले ओपनिङ राम्रो गरेको

सिरहामा सार्वजनिक सवारीसाधनमा सीसीटिभी अनिवार्य 

सिरहा– जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै