वर्षमान भन्छन्- यो सरकारलाई बिचौलिया र स्वार्थ समूहले चलाएको पुष्टि भइसक्यो « Khabarhub

वर्षमान भन्छन्- यो सरकारलाई बिचौलिया र स्वार्थ समूहले चलाएको पुष्टि भइसक्यो


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उमहासचिव वर्षमान पुनले एकपछि अर्को व्यवहारले नै विचौलिया र स्वार्थ समूहले सरकार चलाएको पुष्टि भइसकेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘१० महिनासम्म सरकारले दलाल, विचौलिया र स्वार्थ समूहको संरक्षण र प्रतिपक्षी दलका नेतासँग प्रतिशोध साँध्नेबाहेक केही गरेको छैन’, उनले भने, ‘धितोपत्र बोर्ड र बीमा प्राधिकरणजस्ता नियामक निकायका नियुक्ति र स्वार्थ समूहले आफ्नो प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्तिमा गरिरहेको चलखेल घामजत्तिकै छर्लङ्ग छ ।’

अहिलेको सरकार विचौलियाले चलाएको कुराबारे जनताको घर-घरमा बहस हुन थालेको पनि उनले बताए ।

कांग्रेस महामन्त्री गगन थापाले ढिलै भए पनि विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडसम्म पुगेको भनेकामा उनले धन्यवाद दिए ।

गत असार ३१ गते सरकार गठन गर्दा भनिएको संविधान संशोधनमा सिन्कोसमेत नभाँचिएको उनको टिप्पणी थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : ३९ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित