सात दिनभित्र दर्ता हुन नआए मेटालाई नेपालमा प्रतिबन्ध लगाउँछौँ : सञ्चारमन्त्री गुरूङ | Khabarhub Khabarhub

सात दिनभित्र दर्ता हुन नआए मेटालाई नेपालमा प्रतिबन्ध लगाउँछौँ : सञ्चारमन्त्री गुरूङ


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

राष्ट्रिय सूचना आयोगद्वारा शुक्रबार काठमाडौंमा आयोजित ‘सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए । उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए ।

मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै उसले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए ।

मेटाले नेपालको कुल ग्राहस्थ्य उत्पादन (जिडिपी) भन्दा आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर गरे ।

‘मेटा भन्नेबित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन् । यत्रो धेरै चलिरहेका छन् । हरेक घण्टामा यहीँ समाजबाटै २–४ हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा । नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ । हाम्रो पैसा त्यसरी लुट्ने ? यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन ?’, उनले भने, ‘त्यसकारण फैलने गलत कुरा हामीले नियन्त्रण गर्नुपर्दैन रु पर्छ नि । तीन पटक भयो । म आउनेबित्तिकै सूचना जारी गरेँ, त्यसपछि फेरि सूचना निकालेँ । तेस्रो पटक सूचना जारी गरेँ, अस्ति भर्खर म्याद सकियो । अब ७ दिनभन्दा बढी दिन्न ।’

उनले यसबीचमा नेपालले उनीहरूलाई खोज्दै हिँडेको बताए । ‘देशभन्दा ठूलो रे उनीहरू । उनीहरूको घमण्ड के रहेछ भने नेपालको जिडिपी कति हुन्छ र ?’, उनले भने, ‘हाम्रो संस्था भन्दा धेरै सानो हो नेपाल त भन्दो रहेछ । मुलुकको स्वाधीनता पैसामा जोडिँदैन ।’

उनले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी पनि दिएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : ४६ बजे

आज २०८२ साल भदौ २७ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र

आइतबारदेखि सर्वोच्च अदालतले नियमित सुनुवाइ गर्ने

काठमाडौं – सर्वोच्च अदालतले यही भदौ २९ गतेदेखि नियमित सुनुवाइ

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे