मौलिकता गुमाएको बारपाक « Khabarhub

मौलिकता गुमाएको बारपाक


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गोरखाः गोरखा भूकम्पको इपिसेन्टर बारपाक गाउँ वीरताको गाथा कोरिएको ऐतिहासिक एवं पर्यटकीय गाउँ हो । जगदेखि छानोसम्म ढुङ्गा र काठबाट बनेका एकै स्वरुपमा जोडिएर रहेका एक हजार तीन सयभन्दा बढी घर बारपाकको मौलिकता र चिनारी थियो ।

२०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्पले पर्यटकीय सुन्दर गाउँ बारपाक क्षणभरमा तहसनहस बन्यो । गाउँका कुनै घर बाँकी रहेनन् । भूकम्पबाट बारपाक गाउँमा मात्रै ७२ जनाले ज्यान गुमाए ।

भूकम्प गएको शुक्रबार १० वर्ष पूरा भएको छ । पुनःनिर्माण सकिएसँगै बारपाकवासीले भूकम्पको पीडा पनि भुल्दै गएका छन् । पुराना शैलीमा घर नबने पनि बारपाक गाउँमा आधुनिक शैलीका घर बनिसकेका छन् । अर्थात् भूकम्पपछिको पुनः निर्माण लगभग सकिएको छ । भूकम्पपछि बारपाकमा अहिले एक हजार ४५० भन्दा बढी घर पुनः निर्माण भइसकेका छन् ।

‘परम्परागत शैलीका घर त बनाइएनन् तर आधुनिक शैलीका घर लगभग बनिसकेका छन्’, स्थानीयवासी सुशीला घलेले भनिन्, ‘भूकम्पको एकै झड्काबाट ठूलो क्षति ब्यहोरेका बारपाकीले फेरि पुरानै शैलीको ढुङ्गैढुङ्गा र काठले बनेका परम्परागत मौलिकता बोकेका घर बनाउने आँट भने गर्न सकेनन् ।’

भूकम्पपछिको पुनःनिर्माणले बारपाकको स्वरुप र पहिचान बदलिदिएको छ । एउटा ठूलो सुन्दर गाउँ अहिले शहर जस्तै बनेको छ । ‘हामीलाई बारपाकको चिनारी दिने घर बनाएर बस्न मन नभएको होइन,’ उनले भनिन्, ‘तर सुरक्षित हुँदैन भन्ने अनूभूति बारपाकीले गरेपछि आधुनिक शैलीका घर बनाउनुको कुनै विकल्प रहेन ।’

बारपाकमा निजी आवास पुनः निर्माण लगभग सकिएको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाकका वडाध्यक्ष घनबहादुर घले बताए । ‘भूकम्पपछि यहाँका मौलिक चिनारी भने बचाउन सकिएन,’ उनले भने, ‘बारपाक त बारपाक नै हो तर पुरानो मौलिक बारपाक होइन, अहिले नयाँ र आधुनिक बारपाक बन्यो ।’

पुराना मौलिकता बोकेका घर नबने पनि बारपाकको सुन्दरता भने हराएको छैन । मौलिक पहिचान बोकेको लाहुरेको गाउँ बारपाकलाई गोरखा भूकम्पपछि ‘इपिसेन्टर बारपाक’भनेर पनि चिनिने गरेको छ । यसले बारपाकलाई फरक चिनारी दिएको छ ।

दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गरेका गजे घलेको गाउँ भएकाले बारपाकको इतिहास गर्विलो छ । बुद्ध हिमालको काखमा अवस्थित बारपाकको कला, संस्कृति, परम्परागत रीतिरिवाज, वीरता र प्राकृतिक सौन्दर्यता विश्वसामु चिनाउन पहल गर्नुपर्नेमा स्थानीय जोड दिन्छन् ।

बारपाक केन्द्रविन्दु भएर गएको गोरखा भूकम्पबाट गोरखामा मात्र ४७१ जनाले ज्यान गुमाएका थिए । भूकम्पबाट गोरखासहित १४ जिल्ला अतिप्रभावित बने भने देशभरका ३१ जिल्लामा गोरखा भूकम्पले क्षति पुर्‍याएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : ४३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना