श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल « Khabarhub

श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख आर्मिन मेसिनोभिकबीच श्रम सम्झौता गर्ने विषयमा छलफल भएको छ । 

आज मन्त्रालयमा मन्त्री भण्डारी र भारतको नयाँ दिल्लीस्थित बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख मेसिनोभिकबीच नेपाली कामदार लैजाने विषयमा द्विपक्षीय छलफल भएको मन्त्रीको निजी सचिवालयले जानकारी दिएको हो ।  

उक्त छलफलमा नेपाली कामदारका लागि बोस्निया अवसरको नयाँ गन्तव्य हुने भएकाले द्विपक्षीय श्रम सम्झौताका लागि प्रक्रियासहित मिसन उपप्रमुख मेसिनोभिकले प्रस्ताव अघि सारेका थिए । 

छलफलमा मन्त्री भण्डारीले द्विपक्षीय सम्झौताका लागि प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । पछिल्लो समय युरोपका विभिन्न देशहरूसँग नेपाली श्रमिक कामदार लैजाने सम्बन्धमा द्विपक्षीय श्रम सम्झौता तथा गृहकार्य अगाडि बढिरहेको उल्लेख गर्दै उनले बोस्निया पनि नेपाली कामदारका लागि नयाँ श्रम गन्तव्यका रूपमा बन्न सक्ने भएकाले श्रम सम्झौता गर्न छलफल गरिएको बताए ।

नेपाली श्रमिकका लागि आवश्यक तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनमार्फत वैदेशिक गन्तव्यमा पठाउन श्रम मन्त्रालयले पहल थालेको मन्त्री भण्डारीले जानकारी दिए । बोस्नियाबाट जनशक्ति माग भए सोहीअनुसार दक्ष जनशक्ति तयार गरी रोजगारीका लागि पठाइने उनले बताए  ।  

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : ०० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना