श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल « Khabarhub

श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख आर्मिन मेसिनोभिकबीच श्रम सम्झौता गर्ने विषयमा छलफल भएको छ । 

आज मन्त्रालयमा मन्त्री भण्डारी र भारतको नयाँ दिल्लीस्थित बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख मेसिनोभिकबीच नेपाली कामदार लैजाने विषयमा द्विपक्षीय छलफल भएको मन्त्रीको निजी सचिवालयले जानकारी दिएको हो ।  

उक्त छलफलमा नेपाली कामदारका लागि बोस्निया अवसरको नयाँ गन्तव्य हुने भएकाले द्विपक्षीय श्रम सम्झौताका लागि प्रक्रियासहित मिसन उपप्रमुख मेसिनोभिकले प्रस्ताव अघि सारेका थिए । 

छलफलमा मन्त्री भण्डारीले द्विपक्षीय सम्झौताका लागि प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । पछिल्लो समय युरोपका विभिन्न देशहरूसँग नेपाली श्रमिक कामदार लैजाने सम्बन्धमा द्विपक्षीय श्रम सम्झौता तथा गृहकार्य अगाडि बढिरहेको उल्लेख गर्दै उनले बोस्निया पनि नेपाली कामदारका लागि नयाँ श्रम गन्तव्यका रूपमा बन्न सक्ने भएकाले श्रम सम्झौता गर्न छलफल गरिएको बताए ।

नेपाली श्रमिकका लागि आवश्यक तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनमार्फत वैदेशिक गन्तव्यमा पठाउन श्रम मन्त्रालयले पहल थालेको मन्त्री भण्डारीले जानकारी दिए । बोस्नियाबाट जनशक्ति माग भए सोहीअनुसार दक्ष जनशक्ति तयार गरी रोजगारीका लागि पठाइने उनले बताए  ।  

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : ०० बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला