तम्घास–सिमलटारी सडकमा बने चार वटा पक्की पुल | Khabarhub Khabarhub

तम्घास–सिमलटारी सडकमा बने चार वटा पक्की पुल


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तम्घास– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–सिमलटारी सडकमा चार वटा पक्की पुल निर्माण गरिएका छन् । 

मदन भण्डारी राजमार्ग आयोजना गुल्मीबाट २८ किलोमिटर लामो यस सडकअन्तर्गत हुलाके, फूलबारी, घमिर र धनार्जी खोलामा पुल निर्माण गरिएका हुन् । पन्थ निर्माण सेवाले २०७८ साल माघमा फूलबारी खोला पुल तीन करोड ३२ लाख ६८ हजार ६३६ रुपैयाँ र घमिरखोला पुल तीन करोड १३ लाख ८४ हजार २३४ रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । 

त्यस्तै, सुनिल समिर निर्माण सेवाले ०७९ साल जेठामा हुलाके खोला पुल पाँच करोड ७९ लाख ५३ हजार ३३५ रुपैयाँ र धनार्जी खोला पुल सात करोड ४८ हजार ९९३ मा निर्माण सम्झौता गरेको थियो । चारै वटा पुलको कुल लागत १९ करोड २६ लाख ५५ हजार २०१ रुपैयाँ रहेको मदन भण्डारी राजमार्ग आयोजनाका सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिए । फूलबारी खोला पुल २०, घमिर खोला पुल १५, धनार्जे खोला पुल ३५ र हुलाके खोला पुल २५ मिटर लम्बाइका रहेका छन् । 

पुल निर्माण भएपछि इस्मा, धुर्कोट, मदाने, मालिकालगायतका नागरिकलाई राहत मिलेको छ । खासगरी वर्षायाममा पानीको बहाव बढी हुँदा यातायातमा निकै समस्या हुने गरेको थियो । विद्यार्थीहरूलाई विद्यालय जान, समयमै गन्तव्यमा पुग्न कठिन हुने गरेकामा अहिले सहज भएको छ । 

तम्घास–सिमलटारी सडकको चार स्थानमा पुल निर्माण नहुँदा गाडी फस्ने, पल्टिने, आवतजावत गर्न नसकेर वर्षौँ नागरिकले सास्ती खेप्नु परेको थियो । समयमै पुल निर्माण नहुँदा नेता र नेतृत्वले निकै आलोचना पनि खेप्दै आएका थिए । अहिले चार वटा पक्की पुल एकै चोटि निर्माण भएका छन् ।

जसले गर्दा गुल्मी पश्चिमका पाँच स्थानीय तहसँगै प्यूठानका नागरिकलाई समेत सहज भएको छ । ‘पुल नबन्दा धेरै जोखिम थियो, नागरिकले धेरै सास्ती खेप्नुपरेको थियो’, इस्मा गाउँपालिका–२ स्थित पालुखा माविका शिक्षक बाबुराम पन्थीले भने, ‘अहिले धेरै सहज भएको छ ।’

अट्ठाइस किलोमिटरको तम्घास–सिमलटारी सडक कालोपत्र भएपछि इस्मा, मालिका, धुर्कोट र मदानेसहित प्यूठानका स्थानीयहरूलाई समेत यात्रामा लाग्ने समय घटेको छ भने सडकले कैयौँ व्यावसायिक कामहरूको सुरुवात भएको छ । 

सडकको अहिलेको अवस्था मात्रै नभएर भोलिको भविष्य सम्झेर होटल तथा विभिन्न व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । 

छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्गदल, फूलबारी र सिमलटारीलगायत स्थानमा होटल, ग्यारेज, फेन्सी, डेरी तथा व्यावसायिक तरकारी तथा पशुपालनको कामहरू भइरहेको इस्मा गाउँपालिका–६ का अगुवा कृषक कृष्ण घिमिरेले बताए । 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : ०७ बजे

फर्निचर उद्योगमा आगलागी

झापा– झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा आगलागी भएको

संरक्षणको अभावमा पोखराको ‘गुँदे ताल’ (तस्बिरहरू) 

पोखरा- पोखरामा रहेका ९ तालमध्येको एक हो, गुँदे ताल । पोखरा

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गलकोटका सबै माध्यमिक तहका विद्यालयमा पानीको सुविधा

बागलुङ– स्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा पिउने पानीको

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

काठमाडौं – युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित