कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भेरीगङ्गा– एक वर्षको अवधिमा कर्णाली प्रदेशका १३ लाख ३५ हजार जनसङ्ख्याले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । 

प्रदेशका दश वटै जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट उक्त सङ्ख्यामा स्वास्थ्य सेवा प्रदान गरिएको हो । 

गत वर्षको वैशाखदेखि चैत मसान्तसम्ममा स्वास्थ्य संस्थाहरूबाट विभिन्न सेवा लिएका नागरिकहरूको तथ्याङ्क प्रदेश सरकारले सार्वजनिक गरेको छ । 

यसलाई प्रदेश सरकारले उपलब्धि मानेको छ । विगतमा स्वास्थ्य सेवाको पहुँचमा नपुगेका कर्णालीका नागरिकहरू गाउँमा अस्पताल पुगेपछि पहुँचमा वृद्धि भएको मुख्यमन्त्री यामलाल कँडेलको दाबी छ । 

कर्णालीलाई सिटामोल समेत नपाउने प्रदेशका रूपमा व्याख्या गरिँदै आएकामा अब सबै नागरिक स्वास्थ्यको पहुँचमा पुग्न सक्ने स्थिति बनेको उनको भनाई छ । 

त्यसै गरी शिक्षा क्षेत्रमा पनि कर्णाली सरकारले नवीनतम कामको सुरुआत गरेको जनाएको छ । मुख्यमन्त्री कँडेलद्वारा प्रस्तुत एक वर्षको प्रगति विवरणमा मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम सुरु भएको र हाल १३ वटा विद्यालय छनोट भई कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । 

जुम्ला र मुगु जिल्लालाई साक्षर घोषणा गरिनुलाई पनि उपलब्धि विवरणमा उल्लेख गरिएको छ । दश वर्षे शिक्षा योजना प्रक्रियामा रहेको मुख्यमन्त्री कँडेलले जानकारी दिए । 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : ४७ बजे

फर्निचर उद्योगमा आगलागी

झापा– झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा आगलागी भएको

संरक्षणको अभावमा पोखराको ‘गुँदे ताल’ (तस्बिरहरू) 

पोखरा- पोखरामा रहेका ९ तालमध्येको एक हो, गुँदे ताल । पोखरा

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गलकोटका सबै माध्यमिक तहका विद्यालयमा पानीको सुविधा

बागलुङ– स्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा पिउने पानीको

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

काठमाडौं – युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित