आजको युग ज्ञानको युग हो : मुख्यमन्त्री कँडेल « Khabarhub

आजको युग ज्ञानको युग हो : मुख्यमन्त्री कँडेल


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आजको युग ज्ञानको युग भएको बताएका छन् । आजदेखि मध्यपश्चिम विश्वविद्यालय आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै  यस्तो बताएका हुन् । 

सूचना प्रविधि, र नवप्रवर्तनको तीव्र विकाससँगै समाज, शिक्षा प्रणाली र व्यावसायिक सोचमा आमूल परिवर्तन आइरहेको मुख्यमन्त्री कँडेलले बताए । 

‘यो परिवर्तनको यथार्थलाई स्वीकार गर्दै अब हाम्रा विश्व विद्यालयहरूले नीतिगत, प्राज्ञिक र व्यावसायिक रूपमा आफू अब्बल साबित गर्नु पर्ने अवस्था सृजना हुँदै गएको मैलै महसुस गरेको छु,’ उनले भने,‘आजको विश्व तीव्र गतिमा परिवर्तन भइरहेको छ । प्रविधि, जलवायु परिवर्तन, भूराजनीतिक परिवर्तन जस्ता विषयहरूले हाम्रो जीवनका हरेक पक्षलाई प्रभाव पारिरहेका छन् ।’ 

यस्तो परिवर्तनशील विश्वमा हामीले शिक्षा, समाज र व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने भएको मुख्यमन्त्री कँडेलले बताए । 

‘आजको समयको माग भनेको व्यवसायमा नवप्रवर्तन, स्टार्टअप संस्कृति र सामाजिक उद्यमशीलता स्थापित गर्दै जानु हो,’ उनले भने, ‘यस्ता कार्यक्रमहरूले मानव सभ्यतामा विशेष योगदान दिन सक्ने नवीनतम विषयहरूलाई थप जागृत र स्वावलम्बी समाज निर्माणमा टेवा दिन सक्ने मैले अपेक्षा गरेको छु ।’

यस सम्मेलनबाट शिक्षाविद्, समाजशास्त्री, व्यवसायविद् र नीति निर्माणकर्ताहरूबीच बहस, छलफल र विचार आदान–प्रदानसँगै विभिन्न विशिष्ट सत्रहरूमा सिर्जना भएका बहसले हाम्रो नीति, योजना र कार्यान्वयनमा मार्गदर्शन दिन सफल हुने मुख्यमन्त्री कँडेलले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ७ : ०६ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला