ऊर्जामन्त्री खड्काद्वारा ताप्लेजुङ घटनाको छानबिन समिति गठन « Khabarhub

ऊर्जामन्त्री खड्काद्वारा ताप्लेजुङ घटनाको छानबिन समिति गठन


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेका छन् ।

यही वैशाख ८ गते ताप्लेजुङ सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको ना१ज ३०११ नम्बरको बलेरो ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा भएको घटनाबारे छानबिन गर्न ऊर्जामन्त्री खड्काको निर्देशनमा मन्त्रालयले चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।
      
विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । समितिमा मन्त्रालयका दुई जना प्रतिनिधि र पुल्चोक इञ्जिनियरिङ क्याम्पसका एक जना प्रतिनिधि सदस्य रहेका छन् ।
      
घटनापछि गम्भीर चासो व्यक्त राख्दै मन्त्री खड्काले तत्काल यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिए । 

समितिलाई दुर्घटना कसरी ? किन ? र के कारणले भयो भन्ने विषयमा विस्तृत विवरण सङ्कलन गरी प्रतिवेदन तयार पार्नका साथै यस्ता दुर्घटना भविष्यमा दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरू सुझाव स्वरूप पेस गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ७ : ५९ बजे

विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन

एजेन्सी– हालै सार्वजनिक एक अध्ययनले विश्वभरका साना जलाशयहरूको पानी भण्डारण

ककरोच जनता पार्टीको प्रदर्शनमा सोनम वाङचुकको समर्थन, दिल्लीमा सुरक्षा कडा

काठमाडौं– भारतको नयाँ दिल्लीस्थित ऐतिहासिक जन्तरमन्तरमा शनिबार ककरोच जनता पार्टी

दार्चुलामा रक्तदाता समूह पहिचान अभियान

दार्चुला– नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा उपसमितिको आयोजना तथा

बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी

खोटाङ- मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मुलुकको नेतृत्व हो : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा