नेता डंगोलको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त « Khabarhub

नेता डंगोलको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले शनिबार शोक वक्तव्य जारी गर्दै डंगोलको निधनले आफू निकै मर्माहत भएको बताएका छन् । 

कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको डंगोलको निधनबाट पार्टीले कुशल संगठनकर्ता, अग्रज र एक अनुभवी राजनीतिज्ञलाई गुमाएको वक्तव्यमा उल्लेख छ । कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका पूर्व सभापतिसमेत रहेका डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । 

उनी विगत लामो समयदेखि प्रोस्टेट क्यान्सर, मधुमेहबाट पीडित थिए । डंगोलको पार्थिव शरीरलाई शनिबार बिहान ११ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । उनको शनिबार दिउँसो २ बजे काठमाडौंको टेकु दोभानमा दाहसंस्कार गरिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ)का संस्थापक सदस्य समेत रहेका डंगोल २०४३ मा काठमाडौं नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए । 

२०५६ को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित डंगोल २०६४ मा संविधान सभाको सदस्य पनि थिए । उनले निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२-०६३ मा पार्टीको काठमाडौं जिल्लाका सभापतिको हैसियतले जनआन्दोलनको नेतृत्व गरेका थिए । 

‘नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूका क्रममा उहाँले पटक-पटक जेल जीवन समेत बिताउनुभएको थियो,’ सभापति देउवाद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘स्वर्गीय डंगोलले पार्टीका विभिन्न पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।’

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १२ : २१ बजे

आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं– प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए

कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३०

सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन सुरु, अब १८ मन्त्रालय मात्रै

काठमाडौं – सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली– नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै