महिलाले मात्र प्रवेश पाउने यो अनौठो टापु « Khabarhub

महिलाले मात्र प्रवेश पाउने यो अनौठो टापु


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः सार्वजनिक स्थानमा महिला वा पुरुषलाई जान रोक लगाइँदैन । कुनै टापु वा रिसोर्टमा त झन महिला वा पुरुष दुबै सहजै जान सक्छन् ।

तर विश्वमा एउटा यस्तो स्थान पनि छ जहाँ पुरुषलाई जान प्रतिबन्ध लगाइएको छ । त्यहाँ महिलाले मात्र प्रवेशको अनुमति पाउछन् ।

फिनल्याण्डको बाल्टिक समुन्द्रमा रहेको सुपर सी नामक टापुमा मात्र महिलालाई जान अनुमति छ । ८ दशमलब ४७ एकड क्षेत्रफलमा फैलिएको सुपर सी टापु यही बर्ष सर्वसाधारणका लागि खुल्ला हुने भएको छ ।

अमेरिकाकी क्रिस्टिना रोथ नामक एक धनाढ्य महिलाले किनेको उक्त टापु महिलाका लागि आरामसंग छुट्टी मनाउन स्थानका रुपमा खोलिएको हो ।

क्रिस्टिनाका अनुसार उक्त टापुमा महिलालाई पुरुषबाट कुनै समस्या हुने छैन, त्यो हरेक महिलाको स्वप्निल स्थानका रुपमा विकशित हुनेछ । उक्त टापुमा महिलाहरुले शारीरीक तन्दुरुस्ति लगायत खानेकुरा तथा अन्य सबै सुविधा पाउनेछन् ।

सुपर सी टापुमा बन्ने रिर्सोटका ४ वटा क्याबिनमा १० जना महिलाले आरामसंग बस्न पाउनेछन् । तर उक्त रिसोर्टमा पैसा तिरेको भरमा मात्र कोठा भने पाइँदैन । त्यसका लागि अन्र्तवार्ता पनि दिनुपर्नेछ । अन्र्तवातामा पास भएका महिलामात्रा त्यहाँ जान पाउँछन् ।

महिलालाई मात्र टापु प्रवेशमा अनुमति दिएर पुरुषलाई रोक लगाउनुको पछाडि कुनै विशेष कारण भने छैन । क्रिस्टिनाका अनुसार आगामि दिनमा पुरुषहरुका लागि मात्र पनि एक टापु किन्ने सोचमा आफू रहेको बताएकी छिन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १० : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै