पोप फ्रान्सिसलाई अन्तिम श्रद्धाञ्जली दिन विश्वभरका नेता भ्याटिकनमा | Khabarhub Khabarhub

पोप फ्रान्सिसलाई अन्तिम श्रद्धाञ्जली दिन विश्वभरका नेता भ्याटिकनमा


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

रोम- क्याथोलिक चर्चका सर्वोच्च धर्मगुरू पोप फ्रान्सिसको अन्त्येष्टिका लागि शनिबार ‘सेन्ट पिटर्स स्क्वायर’मा दशौँ हजार शोकसन्तप्त मानिस भेला भएका छन् ।

भेला हुनेमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलगायत विश्वका क्रिश्चियन तथा हजारौँको सङ्ख्यामा अन्य धर्मावलम्बीहरू रहेका छन् ।

सोमबार ८८ वर्षको उमेरमा निधन भएका अर्जेन्टिनाका धर्मगुरुले आफ्नो १२ वर्षे शासनकालमा सदियौं पुरानो चर्चलाई अझ समावेशी दिशामा डोर्‍याउने प्रयास गरेका थिए ।

सेन्ट पिटर्स बसिलिकामा तीन दिनसम्म राखिएको उनको शवमा करिब दुई लाख ५० हजार मानिसहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन् र उनको अन्तिम बिदाइमा भाग लिन शुक्रबार बिहानैदेखि भ्याटिकन सिटीमा ठूलो सङ्ख्यामा मानिसहरू भेला हुन थालेका थिए ।

लस एन्जलसबाट शनिबारको प्रार्थनासभामा भाग लिन आएकी ३९ वर्षीया एन्ड्रिया उगाल्डेले भनिन्, “उहाँ पोप मात्र हुनुहुन्न, उहाँ मानव हुनुको परिभाषा हो ।”

स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुने उक्त समारोहमा करिब दुई लाख मानिस सहभागी हुने अपेक्षा गरिएको छ ।

करिब ५० राष्ट्रप्रमुखहरू अतिथिको सूचीमा रहेको शोक समारोहलाई व्यवस्थित गर्न इटालियाली र भ्याटिकन अधिकारीहरूले ठूलो सुरक्षा अभियान चलाएका छन् ।

उक्त क्षेत्रलाई नो फ्लाई जोन राखिएको छ, लडाकु विमानहरूलाई तयारी अवस्थामा राखिएको छ भने सुरक्षाकर्मीहरूलाई भ्याटिकन सिटीका भवनहरूका छतछतमा तैनाथ गरिएको छ ।

श्रद्धाञ्जलीका लागि भ्याटिकन सिटी पुगेकी पेरुकी ४१ वर्षीया ग्याब्रिएला लाजोले भनिन्, “हामीले बच्चाहरूसँग कारमा पूरै रात बितायौँ।

उनले भनिन्, “हाम्रो हृदयलाई दक्षिण अमेरिकी मूलका पोपको मृत्युले छियाछिया बनाएको छ ।”

शोकपछि कार्डिनलहरू सम्मेलनका लागि भेला हुनेछन् र विश्वभरिका क्याथोलिक धर्मालम्बीहरूको नेतृत्व गर्न नयाँ पोप चयन गर्नेछन् ।

– कूटनीतिक जमघट –

फ्रान्सिसका धेरै सुधारहरूले परम्परावादी क्रिश्चियन नेतृत्वलाई चिढाएको भएपनि उहाँको क्रिश्चियन इतर पक्षधरबाट पनि प्रशंसा हुने गरेको छ ।

आप्रवासीहरूमाथिको न्यायिक व्यवहारदेखि विश्व तापमान वृद्धिका बिषयमा उहाँले दिएका प्रतिक्रिया कतिपय राजनीतिक नेतृत्वका लागि आलोचनाको विषय बनेका थिए तैपनि ब्यूनस आयर्सका पूर्व आर्कबिशपको करुणा र करिश्माले उनलाई विश्वव्यापी स्नेह र सम्मान दिलाएको छ ।

ट्रम्प प्रशासनले आप्रवासीहरूलाई सामूहिक रूपमा देश निकाला गरेकोमा पोपले आलोचना गरेका थिए तर राष्ट्रपति ट्रम्प आफ्नी पत्नी मेलानियासँग ‘विश्वलाई माया गर्ने’ ‘एक असल व्यक्ति’ लाई श्रद्धाञ्जली दिन शुक्रबार अबेर रोम हुँदै भ्याटिकन सिटी पुगेका छन् ।

आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणका क्रममा ट्रम्पले अन्य मुलुकका दर्जनौं नेतासँग भेट्ने सम्भावना छ । ट्रम्पले आफूले सुरु गरेको कर वृद्धिका विषयमा वार्ता गर्न इच्छुक छन् ।

जेलेन्स्कीले फेब्रुअरीमा ह्वाइट हाउसमा भएको प्रदर्शनपछि पहिलो पटक बैठक हुने आशा व्यक्त गरेका छन् तर यस विषयमा अहिलेसम्म केही घोषणा गरिएको छैन ।

अन्त्येष्टिमा भारतीय राष्ट्रपति द्रोपदी मुर्मु ,अर्जेन्टिनाका राष्ट्रपति जाभियर माइली, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा, फ्रान्सका इमानुएल म्याक्रोँ र लेबनानका जोसेफ औन पनि सहभागी छन् ।

समारोहमा बेलायतका राजकुमार विलियमसहित एक दर्जनभन्दा बढी राजपरिवारको पनि उपस्थिति रहने छ ।

फ्रान्सिसले गाजामा इजरायली कदमको विरोध गरेका कारण आक्रोशित इजरायलले आफ्ना राजदूतलाई मात्र पठाउने भएको छ ।

– सामान्य समाधि –

पाँच हप्तासम्म निमोनियासँग जुधेपछि सुधार भई निवास फर्केका फ्रान्सिसको अस्पताल छोडेको एक महिना नबित्दै मस्तिष्कघातसँगै हृदयाघातका कारण निधन भएको थियो ।

उनको अन्तिम सार्वजनिक कार्य, उनको मृत्युको अघिल्लो दिन, सम्पूर्ण विश्वको ईस्टर सन्डे आशीर्वाद थियो जसमा उनले ‘कमजोर, सीमान्तकृत र आप्रवासीहरू’ को रक्षा गर्न अपील गर्दै आफ्नो पोपको पदवीबाट विश्रामको घोषणा गरेका थिए ।

जेसुइटले असीसीका सेन्ट फ्रान्सिसको नामबाट आफ्नो नामकरण गर्न रोजेका उनले ‘गरिबहरूको लागि एक चर्च’ स्थापना गर्न चाहन्थे भने उनमा महङ्गो लुगा र पोप महलको लालसा थिएन ।

चर्चका २६६ औँ पोप भ्याटिकन गेस्टहाउसमा बस्दथे र आफ्नो मनपर्ने रोम चर्च, सान्टा मारिया म्यागियोरमा भएका वेथितिविरूद्ध हस्तक्षेप गर्न चाहन्थे । उनी एक शताब्दीभन्दा बढी समयपछि भ्याटिकनको पर्खालबाहिर गाडिने पहिलो पादरी हुन् ।

उनको अन्तिम बिदाइ समारोहमा २२४ जना कार्डिनल, ७५० जना बिशप र पादरीका साथै विश्वका विशिष्ट व्यक्तिहरू सहभागी हुनेछन् ।

विश्वभरिका क्याथोलिकहरूले ब्यूनस आयर्सलगायत अन्य स्थानहरूमा पनि यस कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहेका छन्।

श्रद्धाञ्जलीका लागि उपस्थित २५ वर्षीया लारा अमाडोले भनिन्, “पोपले हामीलाई विश्वास बढ्ने अर्को तरिका छ भनेर देखाउनुभयो।”

नम्र पोपले आफ्नो मृत शरीरलाई एउटा साधारण संगमरमरको चिहानमा काठको एउटा कफिनभित्र राख्न आग्रह गरेका थिए ।

अन्त्येष्टिपछि कफिनलाई रोमको प्राचीन मन्दिर रहेको फोरी इम्पेरियली र कोलोसियम हुँदै सान्टा मारिया म्यागियोर बेसिलिकामा लगिनेछ ।

भ्याटिकनले भनेको छ, “‘गरिब र सामान्य जनजीवनका बाँच्ने आवश्यकताका लागि सङ्घर्षशील’ मानिसहरूको एक समूहले शववाहन चिहानमा आइपुग्दा स्वागत गर्नेछ ।

फ्रान्सिसका प्रशंसकहरूले उनलाई चर्चको धारणा परिवर्तन गर्न र दशकौंको लिपिकीय यौन दुव्र्यवहार काण्डपछि विश्वासलाई पुनर्जीवित गर्न मद्दत पुर्‍याएको श्रेय दिन्छन्।

सम्बन्धविच्छेद भएका विश्वासीहरूलाई सान्त्वना प्राप्त गर्न अनुमति दिने, तेस्रोलिङ्गी विश्वासीहरूको बप्तिस्मालाई अनुमोदन गर्ने र समलिङ्गी दम्पतीहरूका लागि आशिष दिने र समलिङ्गी क्याथोलिकहरूको न्याय गर्न इन्कार गर्ने कतिपयले उनलाई कट्टरपन्थी ठानेका थिए।

उनले चर्चले गर्भपतनको विरोध गरेकोमा अडिग रहेका थिए ।

फ्रान्सिसको १२ वर्षे पोपको पहिलो यात्रा इटालियन टापु लाम्पेडुसामा भएको थियो जुन प्रायः भूमध्यसागर पार गर्ने आप्रवासीहरूको लागि कलको पहिलो बन्दरगाह हो । उनले ग्रीसको लेस्बोस टापुको भ्रमण गरेका थिए भने अलपत्र शरणार्थीहरूलाई घरसम्म पुग्ने वातावरण बनाउन पहल गरेका थिए । तीमध्ये केही शरणार्थीहरू उनको अन्त्येष्टिमा उपस्थित हुने बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  २ : ०६ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज