प्रचण्डले भने– सरकार लाज पचाएर शिक्षकको अपमान गर्नेतर्फ लागेको छ « Khabarhub

प्रचण्डले भने– सरकार लाज पचाएर शिक्षकको अपमान गर्नेतर्फ लागेको छ


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सुशासनविरोधी सरकारको संज्ञा दिएका छन् । यो सरकार सुशासनविरोधि भएकाले लाज पचाएर शिक्षकलाई अपमानित गर्नेतर्फ लागेको उनले आरोप लगाए ।

प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार उनले प्रधानमन्त्री केपी शर्मा ओली विपक्षमा हुँदा शिक्षकहरूलाई आन्दोलन गर्न उक्साएको बताए । प्रेस सेन्टर आबद्ध पत्रकारलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मलाई अनौठो लागि रहेको छ तपाईंहरुले यो कुरा जनतामा लानु होला, हिजो प्रतिपक्षमा हुँदा शिक्षकहरूलाई किन आन्दोलन नगरेका भनेर उक्साउने मान्छे अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ ।’

प्रचण्डले सत्तामा हुँदा सबै आन्दोलनको पक्षमा हुने सत्ता बाहिर हुँदा आन्दोलनको विरोधमा हुने गर्छन् भनेर मिडियाले प्रचार गरेको बताए । उनले यो विषयलाई खण्डन गर्न आफ्नो दल निकट पत्रकारलाई निर्देशन दिए ।

‘यो विषयलाई तपाईंहरूले खण्डित गरिदिनुपर्छ तथ्य त्यो होइन हामी सरकारमा हुँदा मैले नै तेस्रो पटक सरकारको नेतृत्व गरिरहँदा शिक्षकहरू आन्दोलनमा थिए र शिक्षकका जायज माग पूरा गर्नुपर्छ भनेर शिक्षकसँग सहमति गर्ने हामी सरकार हो,’ प्रचण्डले भने, ‘त्यसको निम्ति विधेयक बनाएर सम्बोधन गर्ने सरकार हामी हो । हामी सरकार हुँदा पनि त्यही कुरा भनिरहेका थियौं अहिले सरकार बाहिर प्रतिपक्षमा रहँदा पनि शिक्षकका जायज माग पूरा गरिनुपर्छ र हिजो भएका सहमति कार्यान्वयन गर्नु सरकारको जिम्मेवारी हो ।’

प्रचण्डले शिक्षकलाई ऐन दिन छोटो बाटोबाट जानुपर्ने बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ३ : १३ बजे

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको