इरान र अमेरिकाबीच नयाँ चरणको आणविक वार्ता सुरु « Khabarhub

इरान र अमेरिकाबीच नयाँ चरणको आणविक वार्ता सुरु


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिका र इरानबीच ओमानमा शनिबारदेखि नयाँ चरणको आणविक वार्ता सुरु भएको छ । 

सम्भावित आणविक सम्झौताको विस्तृत विवरणलाई लिएर शनिबारदेखि अमेरिका र इरानबचि विवादका बिषयलाई सम्बोधन गर्ने प्रयासस्वरूप छलफल हुने अपेक्षा गरिएको छ ।

नयाँ वार्तामा पनि अमेरिकी विशेष दूत स्टिभ विटकोफ र इरानी विदेशमन्त्री अब्बास अराघचीले नै छलफलको नेतृत्व गरिरहेका छन् भने यस पटक दुवै पक्षका विज्ञहरूबीच प्राविधिक स्तरको बैठक पनि समावेश छ ।

वार्ताको उद्देश्य इरानलाई कडा प्रतिबन्धहरूबाट राहतको बदलामा आणविक हतियार विकास गर्नबाट रोक्ने नयाँ सम्झौता गर्नु हो । यो उद्देश्य तेहरानले अस्वीकार गरेको छ ।

अमेरिकालगायत विश्व शक्ति राष्ट्रले इरानसँग सन् २०१५ मा गरेको बहुपक्षीय सम्झौताबाट अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१८ मा एकपक्षीयरूपमा हात झिकेपछि इरान पनि सम्झौताबाट क्रमशः फर्किएको थियो ।

अराघचीले यस प्रक्रियाबारे ‘सतर्क हुँदै आशा’ व्यक्त गर्दै यसै हप्ता भनेका थिए , ‘यदि अमेरिकाको एकमात्र माग इरानसँग आणविक हतियार नहोस् भन्ने हो भने, यो वार्ता अघि बढ्न सक्छ ।’

उनले भने, ‘यदि वासिङ्टनले ‘अव्यवहारिक वा अतार्किक मागहरू ल्याउँछ भने हामी स्वाभाविक रूपमा समस्याहरूको सामना गर्नेछौँ।’ 

अमेरिकी विदेश मन्त्रालयका नीति योजना प्रमुख माइकल एन्टोनले वासिङ्टनको विज्ञस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् भने उपविदेशमन्त्री काजेम गारिबाबादी र माजिद तख्त–रावन्चीले तेहरानको नेतृत्व गर्नेछन् ।

इरानी सरकारी टेलिभिजनका अनुसार ओमानी समयअनुसार माध्याह्न  वार्ता सुरु भएको हो । 

इरानी समाचार संस्था इरनाले भनेको छ, ‘एक दिनको मात्र वार्ता तय भएको छ, तर वार्ता प्राविधिक र विज्ञस्तरीय छलफल र विवरणको परीक्षणमा प्रवेश गरेको छ। आवश्यक भएमा यसलाई विस्तार गर्न सकिन्छ ।’ 
 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ४ : ०६ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला