फोटो पत्रकारिताले जीवनलाई जीवन्त बनाउँछ : सभामुख घिमिरे « Khabarhub

फोटो पत्रकारिताले जीवनलाई जीवन्त बनाउँछ : सभामुख घिमिरे


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पाटन– सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताले जीवनलाई जीवन्त र इतिहासलाई अमर बनाउन सक्ने भएकाले महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आज ललितपुरमा आयोजित पाँचौँ फोटो पत्रकारिता अवार्ड वितरण समारोहमा उनले यस्तो बताएका हुन् । 

सभामुख घिमिरेले समाजमा फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका भए पनि यो पेसा ज्यादै चुनौती रहेको धारणा राखे। 

“फोटो पत्रकारिताको विकासका लागि संस्थागत पहल महत्वपूर्ण छ, भ्रम सिर्जना गर्न सकिने प्रविधिको युगमा फोटो पत्रकारिताले शताब्दीसम्म सत्यतथ्य र समाजको यथार्थतालाई चित्रण गर्न सक्नेछ । फोटो पत्रकारको महत्व र आवश्यकतालाई राज्यले सम्बोधन गर्दै पेसाप्रति प्रेरित गर्न सक्नुपर्छ”, उनले भने।

सभामुख घिमिरेले फोटो पत्रकारको सम्मान र सहयोगका लागि संस्थागत रूपमा अक्षयकोष स्थापना गरी समूहले सम्मान गर्नु सराहनीय काम भएको बताए। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फोटो पत्रकारिताले निष्पक्षता र प्रमाणित कुरा सम्प्रेषण गर्दा नै विश्वसनीय भएको बताए। 

कार्यक्रममा फोटो पत्रकार समूहले सात वटा प्रदेशबाट एक-एक जना, १५ वटा विद्यामा १५, लाइफटाइम अचिभमेन्ट अवार्डबाट एक र मरणोपरान्त एक गरी २४ जनालाई सम्मान गरेको छ । 

सम्मानित व्यक्तित्व छनोटका लागि गठित समितिको निर्णायक मण्डलका सदस्य मनोज दाहालले सीमित स्रोतसाधनका बाबजुद नेपालको फोटो पत्रकारिता उन्नत हुँदै गइरहेको बताउनुभयो । फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले संस्थाको सदस्यता लिएका फोटो पत्रकारलाई क्यामेरा किन्नका लागि ग्लोबल आइएमईबाट सहुलियत ऋणको व्यवस्था गरिएको जानकारी गराए।

विसं २०५३ असोज ६ गते स्थापना भएको यस संस्थाले फोटो पत्रकारको क्षमता अभिवृद्धिका साथै यस क्षेत्रमा लाग्ने उत्कृष्ट पत्रकारलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ७ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै