वर्षाले खेल रोकिएपछि कमजोर बन्यो केकेआरको प्ले अफ सम्भावना : पञ्जाबसँग अंक बाँडियो « Khabarhub

वर्षाले खेल रोकिएपछि कमजोर बन्यो केकेआरको प्ले अफ सम्भावना : पञ्जाबसँग अंक बाँडियो


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षाले पञ्जाब किंग्स सँगको खेल अवरुद्ध भएपछि साबिक विजेता कलकत्ता नाइट राइडर्सको यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) प्ले अफ प्रवेशको सम्भावना न्यून बनेको छ।

शनिबार भएको खेलमा २०२ रनको लक्ष्य पछ्याएको कलकत्ताले पहिलो ओभरमा ७ रन जोडेपछि वर्षाले खेल रोकिएको थियो।
बराबरीपछि कलकत्ता ७ अङ्क सहित सातौँ स्थानमा छ। यसैगरी पन्जाब ११ अङ्क सहित चौथो स्थानमा छ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले चार विकेटको क्षतिमा २०१ रन जोडेको थियो। पन्जाबका प्रियांश आर्य र सिंहले पहिलो विकेटका लागि १२० रनको साझेदारी गरे। आर्यले ३५ बलमा ६९ तथा प्रभ्सीरमनले ४९ बलमा ८३ रन जोडे।

स्लो पिचमा सुनिल नारायण र वरुण चक्रवर्तीले कुल ८ ओभरमा ७४ रन खर्चिए। यसैगरी स्लो बल विशेषज्ञ हर्षित रानाले ओभरमा २७ रन खर्चिए। प्रभ्सीरमनले आफूले सामना गरेको अन्तिम १७ बलमा ४९ रन जोडे। उनले कप्तान श्रेयास ऐयारसँग ४० रनको साझेदारी गरे। ऐयारले सो साझेदारीमा ५ रनको योगदान गरेका थिए। प्रभ्सीरमन आउट भएपछि आक्रामक बनेका ऐयारले अविजित रहँदै १६ बलमा २५ रन बटुले।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ५ : ५९ बजे

रास्वपाको प्रथम महाधिवेशन सुरु (लाइभ)

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन सुरु भएको छ

पूर्वी युक्रेनमा रुसी आक्रमणमा तीन जनाको मृत्यु

कीभ-पूर्वी युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता,

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका

रास्वपाको निर्वाचन तालिका सार्वजनिक

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका