प्रवक्ता महतद्वारा कस्मिरमा हिन्दुमाथि भएको हमलाको निन्दा « Khabarhub

प्रवक्ता महतद्वारा कस्मिरमा हिन्दुमाथि भएको हमलाको निन्दा


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दाङ –नेपाली काँग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री माननीय डा. प्रकाश शरण महतले भारतको कस्मिरमा भएको हिन्दु लक्षित आतंककारी हमलाको निन्दा गरेका छन्। 

पार्टीको कार्यक्रमको सिलसिलामा दाङ पुगेका प्रवक्ता महतले आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

 उनले भने, ‘भारतको कस्मिरमा हिन्दुहरुलाई लक्षित गरेर अत्यन्त दर्दनाक किसिमको आतंककारी हमला भयो, यो चाहिँ जघन्य अपराध हो र जो कोही यसको पछाडि छन यो आतंकमा संलग्न छन तिनीहरूलाई कडा भन्दा कडा कारवाही हुनुपर्यो, यो आतंककारी हमलामा हाम्रो नेपाली नागरिक पनि मारिएका छन्। उनी लगायत सम्पूर्ण मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछु, यो घटनमा हामी भारत र भारतीय जनताको साथमा छौ।’ 

प्रवक्ता महतले यस्तो खाले आतंकवादका विरुद्ध सारा विश्व एक हुने पर्ने पनि बताएका छन्।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ९ : ४२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना