राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति संसद्‍मा कांग्रेसको आक्रोश « Khabarhub

राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति संसद्‍मा कांग्रेसको आक्रोश


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति प्रमु सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभामा आक्रोश ब्यक्त गरेको छ।

अघिल्लो संसद् बैठकमा राप्रपा अध्यक्ष लिङदेनले कांग्रेस सह-महामन्त्रीका छोराले भाटभटेनीबाट गत चैत १५ गते रक्सी चोरेपछि प्रहरीले समातेर छाडेको भन्ने अभिव्यक्तिप्रति कांग्रेसले आज संसदमा जवाफ मागेको हो ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन् ? त्यो राप्रपा अध्यक्ष लिङ्देनले प्रमाणित गर्नुपर्ने धारणा राखेका छन् ।

‘नेपाली कांग्रेसका कुन चाहिँ सहमहामन्त्रीको कुन छोराले रक्सीको बोत्तल बोकेर हिँड्नुभएको हो त्यो प्रमाण पेस गर्नुपर्छ, होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ,’ प्रमुख सचेतक घिमिरेले भने ।

लिङ्देनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा भाटभटेनीमा रक्सी चोर्नेमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि रहेको जनाए पनि नाम भने उल्लेख गरेका थिएनन् ।

तर, उनको उक्त अभिव्यक्तिपछि सह-महामन्त्री महेन्द्रकुमार यादवका छोराले रक्सी चोरेको भनेर समाचार आएको थियो ।

तर, यादवका दुवै छोरा डाक्टर रहेको तर्क उनको छ । उनीहरू अध्ययनमा ब्यस्त रहेको भन्दै छोराहरू आकाश र विकासले आफूहरूको संलग्नता अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : २२ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा