रवीन्द्र मिश्रलाई म्याद थप्न अदालत लगिँदै, धवल शमशेर उपचारपछि दिल्लीबाट फर्किँदै « Khabarhub

रवीन्द्र मिश्रलाई म्याद थप्न अदालत लगिँदै, धवल शमशेर उपचारपछि दिल्लीबाट फर्किँदै


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई आइतबार पनि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।

यसअघि जिल्ला अदालत काठमाडौंले दिएको ३ दिनको म्याद सकिने भए पछि थपका लागि मिश्रलाई न्यायाधीशसमक्ष उपस्थित गराउन लागिएको हो ।

जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा रहेका मिश्र थुनामा परेको वैशाख १५ गते एक महिना पुग्दैछ ।

गत चैत १५ गते काठमाडौं, तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनलाई भड्काएको आरोपमा मिश्रलगायतका सयौं नेता-कार्यकर्ता पक्राउ परेका थिए ।

गत चैत १५ गते राति उनीसँगै पक्राउ परेका राप्रपा महामन्त्री धवलशमशेर राणा ‘क्यान्सरका बिरामी’ भएकाले गत साता छुटिसकेका छन ।

भारतको राजधानी नयाँ दिल्लीमा उपचाररत राणा आइतबार नै स्वदेश फर्किँदैछन् ।

यसअघि गरिएको तीन दिनको म्याद सकिएसँगै मिश्रलाई आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो।

उता उनीसँगै चैत १५ गते पक्राउ परेर थुनामा परेका राप्रपा महामन्त्री धवलशमशेर राणा उपचारपछि भारतबाट स्वदेश फर्किँदैछन् ।

क्यान्सरका बिरामी राणा गत साता हिरासतमुक्त भएपछि दिल्लीमा थप उपचारका लागि गएका थिए ।

‘आज म स्वदेश फर्किँदैछु, भोलि हुने आन्दोलनमा सहभागी हुन्छु’ उनले भनेका छन् ।

सोमबार कमल थापा नेतृत्वको राप्रपा नेपालले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत ६४ जनाको रिहाइ माग गर्दै प्रदर्शन गर्दैछ । जुन प्रदर्शनमा राप्रपा महामन्त्री राणा पनि सहभागी हुनेछन् ।

तर, राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले थापा नेतृत्वको प्रदर्शनबारे कुनै प्रतिक्रिया दिएको छैन । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन संघर्ष समितिले थापाको आन्दोलनलाई समर्थन गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : ४० बजे

फिफा विश्वकप–२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

काठमाडौँ– फिफा विश्वकप फुटबल– २०२६ आज रातिबाट सुरु हुँदैछ ।

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल