पदको भारीले प्रधानमन्त्रीको कुर्सी थिलथिलो ! कार्यकारी प्रधानमन्त्रीमा आलङ्कारिक राजाको झल्को | Khabarhub Khabarhub

पदको भारीले प्रधानमन्त्रीको कुर्सी थिलथिलो ! कार्यकारी प्रधानमन्त्रीमा आलङ्कारिक राजाको झल्को


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजतन्त्र अन्त्यपछिका १७ वर्षमा मुलुकमा ९ प्रधानमन्त्री फेरिए । ९ प्रधानमन्त्रीले फरकफरक समयमा १५ पटक कार्यकारी भूमिका निर्वाह गरे ।

अन्तिम राजा ज्ञानेन्द्र शाह गद्दीच्युत हुँदा (२०६५ जेठ १५) गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । उनीपछि पूष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, खिलराज रेग्मी (तत्कालीन प्रधानन्यायाधीश) र सुशील कोइरालाले सरकारको नेतृत्व गरे ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्री बने । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएपछि वर्तमान प्रधानमन्त्री ओली चौंथो पटक सरकार प्रमुखको हैसियतमा छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तीन पटक, कांग्रेस सभापति देउवा दुई पटक प्रधानमन्त्री भए । गिरिजाप्रसाद कोइरालासहित ६ जना एक–एक पटक प्रधानमन्त्री बने ।

२०६५ जेठ १५ मा नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो । तत्कालीन समयमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । गणतन्त्र नेपालका नौ सरकार प्रमुखमध्ये गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको निधन भइसकेको छ । गणतन्त्रपछि सरकार प्रमुख बनेका नौ जनामध्ये गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा राजतन्त्र हुँदा पनि प्रधानमन्त्री थिए ।

  • गिरिजाप्रसाद कोइराला : ०६३–०६५ (पाँचौँ पटक)
  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ : ०६५–०६६, ०७३ साउन १९–०७४ जेठ २३, ०७९ पुस १०–०८१ असार २८
  • झलनाथ खनाल : २०६७ माघ २३–०६८ भदौ ११
  • डा. बाबुराम भट्टराई : २०६८ भदौ १२–०६९ फागुन ११
  • शेरबहादुर देउवा : ०७४ जेठ २४–०७४ फागुन ३, ०७८ असार २९–०७९ पुस १० (पाँचौँ पटक)
  • माधवकुमार नेपाल : ०६६ जेठ २– ०६७ माघ २३
  • खिलराज रेग्मी : ०६९ चैत १–०७० माघ २८ (मन्त्रिपरिषद्का अध्यक्ष)
  • सुशील कोइराला : ०७० माघ २८–०७२ असोज २४
  • केपी शर्मा ओली : ०७२ असोज २५–०७३ साउन १९, ०७४ फागुन ३–०७८ वैशाख १, ०७८ वैशाख ३०–०७८ असार २९
  • ०८१ असार ३० देखि हालसम्म (चौथो पटक)

प्रधानमन्त्रीले सरकारको कार्यकारी प्रमुख भूमिका निर्वाह गर्छन् । देशको शासन सञ्चालन, नीति निर्माण र कार्यान्वयनको नेतृत्व गर्छन् । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा सरकारको प्रतिनिधित्व गर्नुपर्छ ।

प्रधानमन्त्री मन्त्रिपरिषद्को प्रमुख हुन्छन् । उनैले मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्छन् । मन्त्रीहरूको नियुक्ति, बर्खास्ती र मन्त्रालयको जिम्मेवारी बाँडफाँड गर्ने अधिकार प्रधानमन्त्रीलाई हुन्छ ।

गणतान्त्रिक मुलुक नेपालको संविधानले प्रधानमन्त्रीलाई कार्यकारी प्रमुखको रूपमा परिभाषित गरेको छ । गणतान्त्रिक मुलुकको प्रधानमन्त्री भएपनि उनीहरूले व्यवहारमा आलङ्कारिक राजा–महाराजाले जस्तै विभिन्न संस्थाको नेतृत्व ओगट्न छाडेका छैनन् ।

प्रधानमन्त्री ओलीले यतिबेला विभिन्न २८ निकायको नेतृत्व गरिरहेका छन् । उनी विभिन्न १५ वटा विश्वविद्यालय र प्रतिष्ठानका कुलपति छन् । नौवटा संघ–संस्थाका प्रमुख संरक्षक छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा निर्वाचन–०७९ मा समानुपातिकतर्फ सबैभन्दा धेरै २८ लाख ४५ हजार ६४१ मत पाएको दल एमालेको नेतृत्व गरिरहेका छन् । सरकारको कार्यकारी प्रमुखको हैसियतमा २८ निकायको नेतृत्व सम्हाल्नु परेपनि उनले पार्टीमा कसैलाई कार्यवाहक सुम्पिएका छैनन् ।

वर्तमान प्रधानमन्त्रीले मात्रै नभएर यसअघिका प्रधानमन्त्रीले पनि यही शैलीमा काम गर्दै आएका थिए । यसरी दर्जनौँ निकायको नेतृत्व प्रधानमन्त्रीले सम्हाल्न व्यवहारिक रुपमा सम्भव नदेखिने प्रधानमन्त्रीको सहयोगीका रुपमा काम गरिसकेकाहरूको अनुभव छ ।

कार्यान्वयन गर्न सजिलो हुने आँकलन गरेर विभिन्न निकायको नेतृत्व प्रधानमन्त्रीले गर्ने व्यवस्था भएपनि व्यवहारिक रुपमा समय मिलाउन असहज हुने सहयोगीहरू अनुभव सुनाउँछन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पूष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव गोविन्द आचार्य भन्छन्, ‘प्रधानमन्त्री धेरै निकायको प्रमुख भएर बस्दा व्यवहारिक कार्यान्वयन सम्भव हुँदैन, कामकाज पनि हुँदैन । छिटो–छरितो ढङ्गले काम हुँदैन ।’

कार्यपालिकाको अधिकार कार्यान्वयनका लागि नभई नहुने बाहेकका निकायमा प्रधानमन्त्री नबस्दा राम्रो हुने उनको भनाइ छ ।

‘कतिपय दायित्व कार्यान्वयनसँग सम्बन्धित पनि छन् । कार्यपालिकाले कार्यान्वयन, अनुगमन र निर्देशनको सवालमा कतिपय संरचनाहरू प्रधनमन्त्रीको नेतृत्वमा आवश्यक हुन सक्छन्,’ आचार्यले खबरहबसँग भने, ‘कार्यपालिकाबाहेकका बाह्य संरचनाहरू पनि छन् । कार्यपालिकाको अधिकार कार्यान्वयनका लागि नभई नहुने बाहेकका निकायमा प्रधानमन्त्री नबस्दा राम्रो हुन्छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री हुँदा विश्वविद्यालयहरूको कुलपति कार्यकारी प्रमुख नरहने व्यवस्थाका लागि प्रस्ताव नै गरेको आचार्यले स्मरण गरे ।

‘सबै विश्वविद्यालयको कुलपति हुँदा सिनेट नै बस्न अप्ठ्यारो हुन्छ । अरु देशमा राष्ट्रपति, उपराष्ट्रपतिलाई पनि कुलपति बनाउने चलन हुन्छ,’ आचार्यले भने, ‘प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँले ऐन संशोधन गरेर भए पनि विश्वविद्यालयका कुलपति सम्मानित व्यक्तिलाई राखौँ भनेर प्रस्ताव नै गर्नुभएको थियो ।’

प्रधानमन्त्री अध्यक्ष रहेका २८ निकाय

  • मन्त्रिपरिषद्
  • संवैधानिक परिषद्
  • राष्ट्रिय सुरक्षा परिषद्
  • राष्ट्रिय जलस्रोत विकास परिषद्
  • पर्यटन परिषद्
  • आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परिषद्
  • वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्
  • उच्चस्तरीय एचआईभी–एड्स परिषद्
  • काठमाडौं उपत्यका विकास परिषद्
  • राष्ट्रिय विकास परिषद्
  • राष्ट्रिय सूचना प्रविधि विकास परिषद्
  • राष्ट्रिय विकास समस्या समाधान समिति
  • बागमती र यसका सहायक नदीनालाको संरक्षणसम्बन्धी उच्चस्तरीय समिति
  • प्रशासन सुधार समन्वय तथा अनुगमन समिति
  • सार्वजनिक प्रशासन पुनर्संरचना निर्देशन समिति
  • संगठित संस्था सम्बन्धित उच्चस्तरीय नीति निर्देशन समिति
  • राष्ट्रिय जनसङ्ख्या परिषद्
  • राष्ट्रिय बाघ संरक्षण समिति
  • राष्ट्रिय योजना आयोग
  • सूचना प्रविधि उच्चस्तरीय आयोग
  • दिगो विकासका लागि राष्ट्रिय आयोग
  • लगानी प्रवद्र्धन उच्चस्तरीय निर्देशक समिति
  • लगानी बोर्ड
  • चिकित्सा शिक्षा आयोग
  • उद्योग, वाणिज्य प्रवर्धन संवाद परिषद्
  • अन्तरप्रदेश परिषद्
  • सुशासन आयोग

प्रधानमन्त्री कुलपति रहेका १५ विश्वविद्यालय/ प्रतिष्ठानहरू

  • त्रिभुवन विश्वविद्यालय
  • काठमाडौं विश्वविद्यालय
  • पूर्वाञ्चल विश्वविद्यालय
  • पोखरा विश्वविद्यालय
  • लुम्बिनी बौद्ध विश्वविद्यालय
  • मध्यपश्चिमाञ्चल विश्वविद्यालय
  • सुदूरपश्चिमाञ्चल विश्वविद्यालय
  • नेपाल संस्कृत विश्वविद्यालय
  • राजश्री जनक विश्वविद्यालय
  • कृषि तथा वन विज्ञान विश्वविद्यालय
  • नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
  • बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • पाटन स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठान
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • प्रधानमन्त्री प्रमुख संरक्षक रहेका निकायहरू
  • राष्ट्रिय प्रकृतिक संरक्षण कोष
  • पशुपति क्षेत्र विकास कोष
  • लुम्बिनी विकास कोष
  • राष्ट्रिय खेलकुद परिषद्
  • नेपाल प्रज्ञा प्रतिष्ठान
  • नाट्य प्रज्ञा प्रतिष्ठान
  • नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान
  • नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान
  • नेपाल स्काउट

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १ : ११ बजे

आजका समाचार : शिक्षक आन्दोलन रोक्न पहल, राजावादीहरू पहिलोपटक एकै मञ्चमा र सय दिनमै घट्यो ट्रम्पको लोकप्रियता

शिक्षक आन्दोलनबारे माओवादीसहितका प्रतिपक्षले संसद्‍मा लगे जरुरी सार्वजनिक महत्वको प्रस्ताव

स्कुल लगाउन अभिभावकको दबाब, स्थानीय सरकारको कडाइ : शिक्षक भन्छन्, अन्तिम लडाइँ

काठमाडौं – म, सरकारश्मशान घाटको मसानझैं, आत्माले त्यागेको मुर्दा झैं,चीर

सङ्घीयताका मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्छ : मन्त्री दाहाल

जलेश्वर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सङ्घीयताको मर्म अनुरूप

धनुषाका ‘फ्लप’ एसपी तिवारी : गम्भीर मुद्दाको फाइल थन्क्याए, सस्तो लोकप्रियतामा रमाए 

जनकपुरधाम– धनुषा प्रहरीका एसपी भुवनेश्वर तिवारी हाजिर भएको एक वर्ष

अवैध वित्तीय कारोबारमा संलग्न आरोपमा २१ जना पक्राउ

काठमाडौं– अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा ११ जिल्लाका २१