काठमाडौंका मेयर बालेन जन्मदिन मनाउन चार दिनदेखि पोखरामा « Khabarhub

काठमाडौंका मेयर बालेन जन्मदिन मनाउन चार दिनदेखि पोखरामा


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

पोखरा– काठमाडौं महानगरपालिकाका मेयर बालेन साह जन्मदिन मनाउन स-परिवार पोखरामा छन् । बुवाआमा, दाजु भाउजु, दिदी भिनाजुसँगै पत्नी र छोरीसहित ११ गते उनी पोखरा आएका हुन् ।

पोखरामा उनले कसैसँग औपचारिक भेटघाट नगरे पनि परिवारसँग घुमफिर भने मजैले गरेका छन् । पोखरा पुगेर चाउथेको देउराली फार्म हाउसमा बसेका उनले नजिकका साथीभाइसँग बेगनासताल र फेवातालमा डुङ्गा सयर गरेका छन् । ती फोटोहरू सामाजिक सञ्जालमा पनि देखिएका छन् ।

यसअघि आउँदा पनि बालेन सोही फार्म हाउसमा बसेका थिए । मेयर बालेनसँग साहित्यकार गनेस पौडेल नजिक छन् । पौडेल गएको स्थानीय चुनावमा लौरो चिह्न लिएर पोखराको मेयरमा लडेका थिए । 

तिथिका हिसाबले शनिबार भए पनि मेयर बालेनको जन्मदिन मितिका हिसाबले आज (आइतबार) हो । उनले साथी गनेस पौडेलसँगै जन्मदिन मनाउनेछन् । उनको जन्मदिनमा गनेस पौडेलले आफ्नी आमासँगै बालेनले खिचाएको फोटो राखेर शुभकामना दिएका छन् । 

उनले भनेका छन् –

जति ‘ठूलो’ जिम्मेबारीले थिचिए पनि जत्रा ठूला मान्छेले सताउन खोजे पनि जीवनको स्वभाविकतालाई कहिल्यै विचलित हुन नदिने, सबै सज्जनको लागि सधैँ सानो भएर सजिलै उपलब्ध हुने, सधैँको सरल सधैँको स्वप्निल एउटा फकिर । 
हाम्रो पिँढीले समाजलाई सुम्पेको समकालीन सपनाको कारिगर 
नैतिकताको मिशाल, इमानको पहरेदार, 
युगको अन्तिम आशाजस्तो एक निर्विकल्प दीपक 
समिपका, दूरीका, बगलका सबैको लागि सरोबर सबैको लागि बरोबर 
सबैको शानदार साथी 
सानु मानिसको अझ सानो ‘बाब्बा’ अनि सबै नेपाली आमाको जस्तै मेरी आमाको पनि आफूले नजन्माएको एक अर्काे सच्चा सन्तानलाई जन्मदिनको शुभकामना छ । 

शनिबार दिउँसो १ बजेतिर कास्कीको माछापुच्छ्रेस्थित भुर्जुङखोलामा रहेको चर्चित गण्डकी रेन्बो ट्राउटमा पुगेको बालेन परिवारले रात पनि त्यहीँ बितायो । गण्डकी रेन्बो ट्राउटका सञ्चालक लक्षिन र अमृत गुरुङले बालेन र बालेनको परिवारसँग खिचेका तस्बिर सार्वजनिक गरेका छन् ।

गण्डकी रेन्बो ट्राउटमा पुगेका चालकसहित १३ जनाले ६ वटा कोठा लिएका थिए । सारै भिडभाड हुने उक्त ठाउँमा बालेनले सुरुमै आफूसँग तस्बिर खिच्न आउनेहरूलाई रोकिदिन आग्रह गरेका थिए । उनको आग्रह अनुसार सुरक्षा गार्ड तैनाथ गरेको रेस्टूराँका सञ्चालकले बताए ।

गण्डकी रेन्बो ट्राउट फार्मभन्दा केही माथि बनाइएको लजमा उनीहरू बसेका थिए । बालेन परिवारले शनिबार दिउँसोको खाजा रेस्टूराँमा खाए पनि खाना भने सुत्ने ठाउँमा नै पुर्याइएको थियो । बालेनको भाउजूको माइती पोखरा १९ चुरुंगा नै रहेकाले यसअघि ४ वर्ष पहिला बालेन परिवारसहित गण्डकी रेन्बो ट्राउट पुगेका थिए । त्यसैले उनका लागि यो नयाँ ठाउँ भने थिएन ।

उनीहरू आइतबार बिहान ब्रेकफास्ट खाएपछि साथीको घरमा खाना खाने भन्दै त्यहाँबाट बाहिरिएका हुन् । 

खासै अरुसँग कुरा नरुचाउने बालेनलाई हिँड्ने बेलामा ट्राउट फार्मका सञ्चालक लक्षिन गुरुङले रेस्टूराँका स्टाफसँग सामूहिक फोटो खिच्न आग्रह गरे । आग्रह स्वीकार्दै बालेनले सामूहिक फोटो खिचाएका छन् । 

‘के कुरा भयो त बालेनसँग ?’ भनेर सोध्दा लक्षिन गुरुङले भने, ‘हाम्रो फार्ममा सुधार गर्नुपर्ने केही भए सुझाव दिनुस् है मेयर साब भनेको थिए, उहाँले सबैतिर हेरेँ धेरै राम्रो छ मात्र भन्नुभयो ।’

बाहिरिने बेलामा आगन्तुक पुस्तिकामा बालेनले ‘भेरी नाइस फूड एन्ड हस्पिटालिटी’ भनेर प्रतिक्रिया लेखेका छन् ।  

पोखरा आउने दिन वैशाख ११ गते फेसबुक र एक्समा रत्नपार्क नजिकैको बसपार्कमा निर्माणाधीन काठमाडौं टावरका बारेमा लामो स्टाटस लेखेका थिए । त्यसपछि उनको स्टाटस आएको छैन ।

यसले उनी बिदाको मुडमा छन् भनेर प्रष्टयाएको छ । उनी पोखरामै रहेका बेला काठमाडौंको तत्कालीन नगरपञ्चायतका उपमेयर एवम्‌ नेपाली कांग्रेसका नेता तीर्थराम डङ्गोलको निधन भएको छ । उनको निधनमा आइतबार महानगरमा शोक बिदा दिइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १ : ३५ बजे

‘होल्डिङ सेन्टर’का चौध बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था

काठमाडौं– काठमाडौँ महानगरपालिकाले राधास्वामी सत्सङ्ग व्यास आश्रम ‘होल्डिङ सेन्टर’मा रहेका

प्राधिकरणका कर्मचारी अन्य कम्पनीमा सञ्चालक बनेकामा महालेखापरीक्षकको प्रश्न

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहितका कर्मचारीलाई सञ्चालकका रूपमा एकभन्दा

फोहोरको स्रोतमै पृथकीकरण नहुँदा वातावरणमा नकारात्मक असर

काठमाडौं– काठमाडौँ उपत्यकाको फोहोरको स्रोतमै पृथकीकरण गरी प्रकृतिअनुसार व्यवस्थापन नगरी

अस्ट्रेलियामा शार्क आक्रमण बढ्दो, पश्चिमी अस्ट्रेलियामा एक जनाको मृत्यु

एजेन्सी– पश्चिमी अस्ट्रेलियामा शनिबार सेतो शार्कको आक्रमणमा परी एक जनाको

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक