सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लागौँ : ऊर्जामन्त्री खड्का « Khabarhub

सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लागौँ : ऊर्जामन्त्री खड्का


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

 ऊर्जा मन्त्रालयमा आज भएको चालु आर्थिक वर्षको खर्चसम्बन्धी समीक्षा बैठकमा उहाँले आगामी आवको बजेट सबै क्षेत्र, भूगोल र आवश्यकतालाई समेटेर बनाउनुपर्ने बताएका हुन् । 

‘आयोजना प्रमुखले कति खर्च गर्न सक्ने हो, खर्च गर्न सक्ने बजेट मात्र मागौँ, थालिएका आयोजना समयमा सम्पन्न गरौँ’, मन्त्री खड्काले भने । बजेटको न्यायोचित वितरण हुनुपर्ने भन्दै उनले मन्त्रालयको कामलाई थप प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उल्लेख गरे । 

ऊर्जामन्त्री खड्काले मन्त्रालयभित्र हुने अनावश्यक खर्च रोक्नुपर्ने धारणा राख्दै मातहतका सबै निकाय र कर्मचारीले नतिजा देखिने गरी काम गर्नुपर्ने बताए । 

ऊर्जा सचिव सुरेश आचार्यले राष्ट्रिय गौरवका बहुउदेश्यीय आयोजनाको सन्तोषजनक प्रगति हुन नसकेको बताए । आगामी आवको बजेट तथा कार्यक्रमलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिँदै विनियोजित बजेट कार्यान्वयनमा सबै इमानदार बन्नुपर्ने उनको भनाइ छ ।

सचिव आचार्यले सरकारले भर्खरै ल्याएको ऊर्जा विकासका लागि मार्गचित्रको लक्ष्यलाई हासिल गर्न बजेटको अपर्याप्तता रहेको भन्दै बजेटको सिलिङ बढाउन मन्त्रालय प्रयासरत रहेको बताए । 

सिँचाइ सचिव सरिता दवाडीले राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउँदा एउटा आयोजनामा खर्च हुन नसकेको बजेट अर्को आयोजनामा लगाउने गरी अगाडि बढ्नुपर्ने धारणा राखिन् । 

भूमिगत सिँचाइलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै किसानका खेतमा पानी पुगेपछि मात्र सिँचाइको उपदेहिता देखिने उनको भनाइ थियो ।

सचिव दवाडीले आगामी आवका लागि चालु आवभन्दा कम बजेटको सिलिङ प्राप्त भएको भन्दै यसलाई बढाउन मन्त्रालयले पहल गरिरहेको बताइन् । 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : २० बजे

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले