डेङ्गु नियन्त्रण गर्न कांग्रेसले औषधि छर्क्यो « Khabarhub

डेङ्गु नियन्त्रण गर्न कांग्रेसले औषधि छर्क्यो


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- नेपाली कांग्रेस डडेल्धुराले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा र आसपासको ठाउँमा आज बिहान डेङ्गु नियन्त्रण गर्न लामखुट्टे मार्ने औषधि छर्केको छ ।

डेङ्गुको सङ्क्रमणबाट जोगिन डडेल्धुरामा पहिलो पटक सचेतना र्‍यालीसहित नेपाली कांग्रेस डडेल्धुराले औषधि छर्किएको हो ।

तराईका जिल्लामा लामखुट्टेको टोकाइबाट फैलिने डेङ्गु रोगको सङ्क्रमण पछिल्ला वर्षमा डडेल्धुरालगायत पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेका छन् ।

डेङ्गुको औषधि छर्कनुकासाथै घर आँगन र वरिपरी सफा राखौं, सचेत रहौं भन्दै र्‍याली निकालिएको कांग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लले बताए ।

डडेल्धुरा जिल्लाका तीन जना स्थानीयवासीमा अहिलेसम्म डेङ्गु रोगको सङ्क्रमण देखिएको डडेल्धुरा अस्पतालको तथ्याङ्क छ ।

यस्तै एक जना बझाङ्ग र एकजना डोटीबाट अस्पताल पुगेका बिरामीमा पनि डेङ्गीको सङ्क्रमण देखिएको अस्पतालका मेसु डा जीतेन्द्र कँडेलले बताए।

डडेल्धुरामा डेङ्गु रोग भन्दा पनि स्क्रवटाईफसको सङ्क्रमण बढी फैलिएको छ । पछिल्लो तीन सातायता डडेल्धुरा अस्पताल पुगेका बिरामीमध्ये ५० जना भन्दा बढीमा स्क्रवटाईफसको सङ्क्रमण देखिएको अस्पतालका ल्याब प्रमुख ईश्वरी भुसालले बताए ।

कांग्रेसको सचेतना र्‍यालीमा राष्ट्रिय जागरण अभियानमा खटिआएका केन्द्रीय प्रतिनिधि अन्तराम भट्ट, बेलबहादुर रानालगायत जिल्लास्तरका नेता कार्यकर्ता एवं अगुवा बुद्धिजीवी समाजसेवीको सहभागिता थियो ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १२ : २७ बजे

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ