प्रचण्डको निष्कर्ष- देश एक पटक फेरि माओवादीमय हुँदै गयो « Khabarhub

प्रचण्डको निष्कर्ष- देश एक पटक फेरि माओवादीमय हुँदै गयो


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश माओवादीमय हुँदै गएको बताएका छन् ।

आइतबार बाँकेको राप्ती सोनारीस्थित फत्तेपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले देश प्रचण्डमय भइसकेको बताएका हुन् ।

माओवादीको पक्षमा आएको उभार जोगाउन सकिन्छ कि सकिँदैन भन्नेमात्रै आफूहरूलाई डर रहेको प्रचण्डले बताए ।

‘माओवादी फेरि एक पटक जनतासँग जोडिएको छ, वर्गसँग जोडिएको छ । करोडौँ जनता फेरि माओवादीसँग जोडिए । जनताको उत्साह, कार्यकर्ताको उत्साह देश माओवादीमय भएको देखेँ मैले’, उनले भने, ‘मलाई अलिअलि डर लाग्छ कहिलेकाँही, प्रचण्डमयजस्तो भइरहेको छ अहिले देशै । यसलाई थाम्न सकिन्छ कि सकिँदैन, जिम्मेवारी पूरा गर्न सकिन्छ कि सकिँदैन ? जनताले फेरि भारी बोकाएको महसुस भएको छ ।’

देशका सबै उत्पीडित वर्गको हक अधिकार, उनीहरूको आत्मसम्मान तथा पहिचानका लागि लडाईं लडेर आएको पनि प्रचण्डले बताए ।
माओवादीले सही विचारको आधारमा जनतासँग घनिष्ठ सम्बन्ध बनाएर लडाइँ जितेको उनले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीको सपना रहेको उनले बताए। प्रचण्डले संघीयता उल्ट्याउने, गणतन्त्रमा धावा बोल्ने, जनताको अधिकार खोस्ने भनेर स्याल हुइँया मच्चाइएको बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ३१ बजे

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ