सौगातको जन्ते बाख्रो पूरानै डेटमा फर्कियो, अब जेठमा हरेक साता नयाँ फिल्म | Khabarhub Khabarhub

सौगातको जन्ते बाख्रो पूरानै डेटमा फर्कियो, अब जेठमा हरेक साता नयाँ फिल्म

महानायकको ‘नरसिंहा : अभतार’ सोलो रिलिज


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिमोस सुनुवार निर्देशित फिल्म ‘जन्ते बाख्रो’मा नायक सौगात मल्ल, आशिफ शाह र नायिका गरिमा शर्मा शीर्ष भूमिकामा छन् ।

चैत १३ मा फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै यो फिल्मको प्रदर्शन मिति जेठ २३ लाई तोकिएको थियो । निर्माण पक्षले चैत २१ मा फिल्ममा समावेश गीत ‘घामै राजा’ सार्वजनिक गर्‍यो ।

यस गीत सार्वजनिक कार्यक्रममा पहिलो पटक फिल्मको प्रदर्शन मिति हेरफेर गर्ने जानकारी दिइयो । त्यसमा नयाँ मिति जेठ ९ तोकिएको थियो ।

जेठ ३० गते सौगातको अर्को फिल्म ‘भाइरल गोर्खे’ प्रदर्शनमा आउने तयारीमा छ । यस अवस्थामा एक साताको अन्तरालमा सौगातका दुई फिल्म प्रदर्शनमा आउनेछन् ।

एक साताको अन्तरमा सौगातको ‘जन्ते बाख्रो’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा आउँदा एकै नायकको दुई फिल्मले हलमा प्रतिस्पर्धा गर्ने देखिएका कारण जेठ ९ मा प्रदर्शन मिति सारिएको निर्माता सन्तोष गौतमले उक्त कार्यक्रममा बताएका थिए ।

‘घामै राजा’ गीतको अन्तिममा फिल्मको प्रदर्शन मिति जेठ ९ लेखिएको छ ।

‘जन्ते बाख्रो’ निर्माण पक्षले गत शुक्रबार फिल्मको प्रचार सामाग्रीका रुपमा ‘अंगुरको झुप्पो’ गीत सार्वजनिक ग¥यो । यसमा भने प्रदर्शन मिति जेठ २३ तोकिएको छ ।

निर्माण पक्षतर्फबाट खबरहबलाई प्राप्त पछिल्लो प्रेस सामाग्रीमा पनि यो फिल्मको प्रदर्शन मिति जेठ २३ लेखिएको होइन । अर्थात् यो फिल्म दोस्रो पटक प्रदर्शन मिति हेरफेर गरेर पहिल तोकिएकै मितिमा प्रदर्शनमा आउन लागेको हो ।

रोचक कुरा– ‘घामै राजा’ गीतको अन्तिममा यस फिल्मको प्रदर्शन मिति जेठ ९ नै छ । थमनेलमा भने प्रदर्शन मिति जेठ २३ छ । निर्माण पक्षले थमनेलमा भने प्रदर्शन मिति परिवर्तन गरेको भेटिएको छ ।

महानायकको फिल्म सोलो रिलिज

महानायक राजेश हमाल ९ वर्षपछि फुल फ्लेज हिरो भएर फिल्ममा देखिँदैछन् । उनको फिल्म ‘नरसिंहा : अभतार’को पनि प्रदर्शन मिति हेरफेर भएर जेठ ९ मा आइपुगेको हो ।

यो फिल्मको प्रदर्शन मिति गत चैत २९ मा तोकिएको थियो । त्यो मितिमा प्रदीप खड्का स्टारर फिल्म ‘पिताम्बर’ र विपीन कार्की स्टारर फिल्म ‘कर्मा’ प्रदर्शनमा आए ।

जुनियर नायकसँग हमालले हलमा प्रदर्शन नगर्ने इच्छा देखाइएकाले यो फिल्मको प्रदर्शन मिति हेरफेर भएको बुझिएको छ ।

जेठ ९ मा पनि हमाल र सौगात मल्लको ‘बक्स अफिस’ प्रतिस्पर्धा हुने देखिएको थियो । तर, ‘जन्ते बाख्रो’ पुनः जेठ २३ मै फर्किएपछि अहिलको अवस्थामा महानायकको सोलो रिलिज हुने भएको छ ।

जेठमा हरेका साता नयाँ फिल्म

जेठ महिनामा प्रदर्शन मिति तोकिएका फिल्महरु

अहिलेको अवस्थामा जेठमा ६ फिल्म प्रदर्शनमा आउने तयारीमा छन् । अर्थात् जेठका ५ शुक्रबारमा ६ फिल्म आउने देखिन्छ।

जेठ २ गते अर्थात् यस महिनाको पहिलो शुक्रबारलाई दिलीप रायमाझी स्टारर फिल्म ‘हेल्लो काँसीराम’ र मल्टिस्टारर फिल्म ‘के घर के डेरा : घर नम्बर २’को प्रदर्शन मिति तोकिएको छ ।

के घर के डेरा–२’ मा नायक आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, नायिका केकी अधिकारी र उपासनासिंह ठकुरी केन्द्रीय भूमिकामा रहेको छ ।

जेठको दोस्रो शुक्रबार ९ गते फिल्म ‘नरसिंहा : अभतार’ प्रदर्शनमा आउने निश्चित छ । यसमा हमालसहित नायक राज कटुवाल, नायिका नीति शाह र सनिशा भट्टराई शीर्ष भूमिकामा छन् ।

जेठ १६ गते तेस्रो शुक्रबार पर्छ । तर, १५ गते बिहीबार गणतन्त्र दिवसको सार्वजनिक विदा परेकाले दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ प्रदर्शनमा आउने भएको छ ।

जेठ २३ गते सौगात ‘जन्ते बाख्रो’ प्रदर्शनमा आउने भएको छ । यस फिल्म जेठ २३ बाट अगाडि सर्दा यो मिति खाली थियो ।

जेठ ३० गते सौगात र नायिका श्रृष्ठि श्रेष्ठ शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल गोर्खे’ प्रदर्शन मिति तोकिएको छ ।

अर्थात्, जेठको हरेक साता दर्शकले नयाँ फिल्म हेर्न पाउने भएका छन् । जेठ पहिलो साता भने दुई फिल्म फ्रेस हेर्न पाइने भएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ८ : १८ बजे

एमाले–कांग्रेस सहवास : ९ महिनाको ‘एक्स रे’

बालकोटमा ०८१ साल असार १५ गते केपी शर्मा ओली, शेरबहादुर

खुम्बु क्षेत्रमा भारी हिमपात

सोलुखुम्बु – उच्च हिमाली क्षेत्र खुम्बुमा आइतबारदेखि लगातार भारी हिमपात

स्वास्थ्य मन्त्रीले भने : सहरी क्षेत्रमा नयाँ विशिष्टिकृत अस्पताल आवश्यक छैन

भक्तपुर – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विशिष्टिकृत उपचार गर्ने

पहलगाम हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं – भारतको जम्मू कश्मीरस्थित पहलगाममा वैशाख ९ गते भएको

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

सिरहा – सिरहाको लहानस्थित ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र सलहेश फूलबारी