मौरिसससँग श्रम सम्झौता गर्न सरकारी ड्राफ्ट पठाइयो, वार्षिक २० हजार कामदार लैजाने | Khabarhub Khabarhub

मौरिसससँग श्रम सम्झौता गर्न सरकारी ड्राफ्ट पठाइयो, वार्षिक २० हजार कामदार लैजाने


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौरिसस सरकारलाई नेपालबाट कामदार आपूर्ति गर्न आग्रह गर्दै श्रम सम्झौताका लागि ड्राफ्टसहित प्रस्ताव पठाएको छ ।

मौरिससले भने गत असोजदेखि नै नेपालबाट सरकारीस्तरमा श्रम सम्झौता गरेर कामदार लिनका लागि प्रस्ताव पठाएको थियो । मौरिसस सरकारले धेरै अगाडिदेखि श्रम सम्झौता गरेर काम लिन नेपाल सरकारलाई अनौपचारिक प्रस्ताव गर्दै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक विभाग प्रमुख रामप्रसाद घिमिरे बताए ।

‘मौरिससले नेपालबाट श्रमिक आपूर्ति गर्ने इच्छा देखाएको थियो । त्यही भएर श्रम सम्झौताका लागि ड्राफ्ट मौरिससको सम्बन्धित निकायमा पठाएका छौं । पछिल्लो समय नेपाल सरकारले नेपाली रोजगारीमा गइरहेको देशसँग अनिवार्य श्रम सम्झौता गरेर यी देशमा रोजगारीका लागि पठाउने योजना लिएको छ’, उनले भने ।

श्रम सम्झौतापछि खाडी मुलुकबाहेक नयाँ गन्तव्यका रुपमा मौरिसस हुने श्रम मन्त्रालयको बुझाइ छ ।

नेपालका तर्फबाट गरिएको ड्राफ्टको जवाफ मौरिसले पठाएपछि श्रम सम्झौताका लागि आवश्यक विषयमा छलफल गरेर प्रक्रिया अघि बढाइने मन्त्रालयले जानकारी दिएको छ ।

२० हजार कामदार आपूर्ति

नेपालबाट मौरिससले वार्षिक २० हजार श्रमिक माग गर्नसक्ने सम्भावना रहेको श्रम मन्त्रालयले जनाएको छ ।

कुन–कुन क्षेत्रमा श्रमिक आपूर्ति गर्ने भन्ने विषयमा श्रम सम्झौतापछि मात्र टुङ्गो लाग्ने मन्त्रालयले बताएको छ । तर, मौरिससले नेपालबाट वार्षिक २० हजारसम्म श्रमिक लिने चाहाना राखेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालबाट विषेश गरी सेवा क्षेत्रमा कामदार लैजाने इच्छा मौरिससले देखाएको सहसचिव घिमिरेले बताए । सामुद्रिक टापुमा रहेका कारण मौरिससले वार्षिक रुपमा धेरै पर्यटक भित्र्याउँदै आएको छ ।

त्यसैले मौरिससले नेपाली कामदारलाई पर्यटन क्षेत्रमा काम गर्न लैजाने सम्भावना रहेको बताउँदै सहसचिव घिमिरेले भने,‘मौरिससमा अहिले पनि केही नेपालीहरु काम गर्न व्यक्तिगत भिसामा जाने गरेका छन् । राम्रो सेवा तथा सुविधा हुने भएकाले पछिल्लो समय धेरै नेपालीहरु त्यहाँ जान इच्छा देखाइरहेका छन् ।’

मौरिससमा विषेशगरी भारतीय मूलका नागरिकहरुको बसोबास छ । अफ्रिकाको नजिक र हिन्दमहासागर क्षेत्रमा पर्ने मौरिसस पर्यटनसँगै वित्तीय सेवा, यातायात, सूचना तथा सञ्चार लगायतका क्षेत्रमा पनि अघि छ ।

पछिल्लो समय नेपाल सरकारले नेपाली कामदारका लागि नयाँ रोजगार गन्तव्य मुलुक खोजी गरिरहेको अवस्थामा मौरिसससँगको यो प्रयास सफल भएमा नेपाली कामदारका लागि रोजगारीको नयाँ विकल्प सिर्जना हुनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ८ : ०० बजे

नेपालका ५ दललाई भाजपाको निम्तो, जनमतलाई डाक्दा अरु मधेसवादी परेनन्

काठमाडौं- भारतीय जनता पार्टीले जारी लोकसभाका लागि जारी चुनावी अभियान

ब्याटिङमा नेपालको संघर्ष, पाँचौं विकेट गुमायो

काठमाडौं– नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालका कुशल मल्ल

इजरायल-हमास सम्झौताका लागि वातावरण बनाउन अमेरिका कटिबद्ध : ब्लिन्केन

तेल अभिभ– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली नेतृत्वसँग वार्ता सुरु

प्रधानमन्त्रीले भने : श्रमिक, मजदुरहरूको न्यूनतम् पारिश्रमिक बढाउँछौँ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको

नेपालले तेस्रो विकेट गुमायो, आरिफ पनि आउट

काठमाडौं– नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका आरिफ सेख