चर्चित नेत्र चिकित्सक रुइतको जीवन अब किताबमा पढ्न पाइने | Khabarhub Khabarhub

चर्चित नेत्र चिकित्सक रुइतको जीवन अब किताबमा पढ्न पाइने


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतको जीवनमा आधारित पुस्तक नेपाली भाषामा पनि प्रकाशन हुने भएको छ । नेत्र रोग विशेषज्ञको रुपमा अन्तर्राष्ट्रियस्तरमै ख्याती कमाएका डा रुइतको जीवनमा आधारित पुस्तक असोज ११ गते सार्वजनिक हुन लागेको हो ।

अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताब लेखक खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् ।

म्यागासेसे, पद्मभूषण जस्ता प्रतिष्ठित पुरस्कार पाएका डा. रूइतले भने, ‘अङ्ग्रेजीमा लेखिएको मेरो जीवनीको नेपाली अनुवाद आउँदै गर्दा म एकदम हर्षित भएको छ । मेरो पुस्तकले कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित गर्‍यो भने मेरो जीवनी सार्थक भयो भन्ने म ठान्नेछु ।’

पुस्तक अनुवादक खगेन्द्र संग्रौलाले पुस्तकमा सन्दुक रूइतको जीवन जिज्ञासा र अन्वेषण, सङ्घर्ष र सङ्कल्प, साहस र सेवाभाव, करूणा र परोपकार तथा त्याग र समर्पणले ओतप्रोत भएको बताए । ‘रूइतको नागबेली जीवनयात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवम् अनुकरणीय छ । यस्ता उत्कृष्ट मानिसको भव्य जीवन कथा अनुवाद गर्दाका क्षण मेरो जीवनका सुखद र सार्थक क्षणहरु हुन्,’ संग्रौलाले भने ।

उक्त पुस्तक अस्ट्रेलियन प्रकाशन गृह एलेन एन्ड अनविनले पहिलो पटक अङ्ग्रेजीमा प्रकाशन गरेको हो । उक्त प्रकाशन गृहसँग अनुवाद अधिकार लिएर फाइनप्रिन्टले नेपालीमा छापेको हो । पुस्तकको मूल्य ५५० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १२ : ५३ बजे

डिभोर्स नदिँदा कोरियामा रहेका पतिकै योजनामा चुनकुमारीको हत्या, नातेदारभित्रकै ६ जना पक्राउ

सुनसरी– धरान उपमहानगरपालिका–६ स्थित पाचकन्या जंगलमा गत चैत २५ गते

रतुवामाई वृक्षारोपण आयोजनाका कर्मचारीले १० महिनादेखि पाएनन् तलब

भद्रपुर– जिल्लाको केर्खास्थित रतुवामाई वृक्षारोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब

गभर्नरको दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको राजीनामा

काठमाडौं- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले शुक्रबार

‘ट्रान्सजेन्डर महिला’ लाई ‘महिला’ मान्न नसकिने बेलायती सर्वोच्च अदालतको ठहर

लन्डन- अब बेलायतमा ‘ट्रान्सजेन्डर महिला’ लाई अब ‘महिला’ नमानिने भएको

सन नेपाल लाइफको शेयर मूल्य समायोजन 

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन