लिङ्देनलाई चुनौती- भाटभटेनी लुटपाटमा सह-महामन्त्रीका छोराको संलग्नता पुष्टि गर्नुस् « Khabarhub

लिङ्देनलाई चुनौती- भाटभटेनी लुटपाटमा सह-महामन्त्रीका छोराको संलग्नता पुष्टि गर्नुस्


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई भाटभटेनी लुटपाटमा सहमहामन्त्रीका छोराको संलग्नता पुष्टि गर्न चुनौती दिएकी छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले लिङ्देनलाई चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको लुटपाटमा कांग्रेसका सहमहामन्त्रीका छोराका संलग्नता पुष्टि गर्न चुनौती दिएकी हुन् ।  

‘कसैको राजनीतिक, सामाजिक प्रतिष्ठामा आँच आउने गरी गरिएको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै माननीय लिङ्देनलाई उहाँले बोलेको अभिव्यक्ति प्रमाणित गर्न चुनौती दिन चाहन्छु,’ सांसद गौतमले भनिन् । 

उनले राप्रपा अध्यक्ष लिङ्देनलाई संलग्नता पुष्टि गर्न नसके संसद्मा नै माफी माग्न पनि सुझाव दिएकी छन् । ‘हैन भने उहाँले आफ्नो भनाइ यसै सदनबाट फिर्ता लिँदै माफी माग्न सभामुखमार्फत् आग्रह गर्दछु,’ गौतमले भनिन् । 

उनले २७ दिनदेखि आन्दोलनरत शिक्षकका जायज मागहरू सम्बोधन गरी विद्यालय फर्काउने वातावरण निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । 

‘हिजो शिक्षक आन्दोलनमा भएको धरपकडमा घाइते हुनु भएका शिक्षक, प्रहरी, पत्रकार साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शिक्षकहरूको जायज माग तत्काल सम्बोधन गरी शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण निर्माण गर्नका लागि सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउँदछु,’ सांसद गौतमले भनिन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १२ : ५२ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको