सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति | Khabarhub Khabarhub

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

इनरूवा– गएरातिको हावाहुरी र वर्षाले सुनसरीमा मकैखेती र आँपखेतीमा ठूलो क्षति गरेको छ । 

सुनसरी सदरमुकाम इनरूवासहित देवागञ्ज, भोक्राहा, बराहक्षेत्र, हरिनगरलगायतका क्षेत्रमा गरिएको मकैखेती र आँपखेतीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए ।

जिल्लाको विभिन्न ठाउँमा सघन र व्यावसायिक रूपमा मकैखेती गरिँदै आइएको छ । भित्र्याउने बेलामा हावाहुरीसँगै वर्षाले मकैखेतीमा क्षति पुर्‍याएको उनले जानकारी दिए। मकै भित्र्याउने बेलामा हावाहुरी र वर्षाले बिरूवा खेतमै रहेको, मकैमा लागेको फूल झरेको, फलसमेत खसेका कारणले ठूलो नोक्सानी भएको छ । त्यसैगरी, आँपमा समेत क्षति भएको उनले जानकारी दिए ।

आँपमा चिचिला लागेका बेलामा हावाहुरीसहित आएको पानी र चट्याङबाट नोक्सानी भएको उनले बताए । त्यसैगरी, लौका, काँक्रा, करेला, परवल, बोडीलगायत लहरे तरकारी बालीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीले जनाएको छ । 

गएराति हावाहुरीसँगैको वर्षाका कारणले सुनसरीमा कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन गर्ने कार्य भइरहेको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख सिंहले बताए।
 

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १ : ०० बजे

तीन करोड २१ लाख खर्चेर बागलुङ-बेनी सडक मर्मत

म्याग्दी– सडक डिभिजन कार्यालयले  १४ किलोमिटर लामाबागलुङ–बेनीे सडक रु तीन

भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार

चितवन– भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार भएको छ । चितवन,

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

काठमाडौं– आर्थिक वर्ष २०८१-८२ मा सरकारको १५ खर्ब आठ अर्ब

सात वर्षदेखि अधूरै बृहत् लिफ्ट आयोजना

गलकोट– बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले आम उपभोक्तालाई लिफ्टमार्फत

बागलुङका एक जनप्रतिनिधि व्यवसायिक स्याउखेतीमा रमाउँदै

ढोरपाटन– छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले