महासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर « Khabarhub

महासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाल पत्रकार महासंघ सुर्खेतको ३४ औँ स्थापना दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सदस्यलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आयोजना र प्रदेश अस्पताल कालागाउँ सुर्खेतको प्राविधिक सहयोगमा सोमबार आयोजना गरिएको पत्रकारहरूको स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । 

शिविरमा जनरल जाँच, आँखा, दाँत साथै सुगर, प्रेसर, मुटु, मिर्गौला, पाठेघरको मुखको क्यान्सर परीक्षण, कलेजोसँग सम्बन्धित रोगहरूको  परीक्षण गरिएको र ७० जना पत्रकारले स्वास्थ्य जाँच गराएको शाखाका सचिव गोविन्द्र खत्रीले बताए । 

शिविरमा इन्टरनल मेडिसियन कन्सल्टेन्ट फिजिसियन डा. खेम नारायण चालिसे, नेरोगत्र विशेषज्ञ डा. शक्ति सुवेदी, दन्त रोग विशेषज्ञ डा. पूर्ण पौडेल, वरिष्ठ ल्याब टेक्निसियन निरीक्षक भरत देवकोटा, ल्याब टेक्निसियनहरू विमला रावत, विकास गिरी, डिलमाया सोमै, अञ्जली बिक र अफ्थफाल्मिक असिस्टेण्ट आरूसा केसीले सेवा दिएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १ : ५८ बजे

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर