राप्रपा नेपालको मञ्चमा उपचार गरेर फर्किएका धवल शमशेरदेखि प्रहरी निगरानीमा रहेका नवराज सुवेदीसम्म | Khabarhub Khabarhub

राप्रपा नेपालको मञ्चमा उपचार गरेर फर्किएका धवल शमशेरदेखि प्रहरी निगरानीमा रहेका नवराज सुवेदीसम्म


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले रत्नपार्कको शान्तिवाटिकामा गरेको कार्यक्रममा राजावादी नेताहरू एकै ठाउँ देखिए ।

यो कार्यक्रमको सबैभन्दा रोचक दृश्य ढिलो गरी भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी भए । उनले कार्यक्रममा सहभागिता जनाउँदै राजा र हिन्दु राज्यको वकालतसहित सम्बोधन समेत गरे।

राप्रपाबाट यो कार्यक्रममा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवल शमशेर जबरा र सांसद दीपक सिंह पनि सहभागी भए ।

त्यसैगरी राजावादी नेता केशरबहादुर विष्टसहित पनि यो कार्यक्रममा सहभागी भएको देखिएका छन्।

आइतबार मात्रै भारतको राजधानी नयाँ दिल्लीमा क्यानसरको फलोअप उपचार गरेर फर्किएका राप्रपा महामन्त्री जबराले पनि यो कार्यक्रममा सहभागिता जनाएर राप्रपा नेपालसँगको तिक्ता बिर्सिँदै गएको सन्देश दिए ।

२०७८ मंसिर १५ गतेदेखि भएको राप्रपाको एकता महाधिवेशनमा पराजित भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई हराउन हस्तक्षेप गरेको भन्दै तत्कालीन अध्यक्ष कमल थापाले पार्टी छाडेका थिए ।

राजेन्द्र लिङ्देनसँग हारेपछि राप्रपा नेपाल ब्यूँत्याएका अध्यक्ष थापा र लिङ्देनबीच त्यसयता पानी बाराबारको अवस्था छ । तर गत फागुन २५ गते पूर्वराजाको स्वागतमा नाममा राजावादीहरू जुटेपछि दुवै नेता उत्साहित भएका छन् ।

गत चैत १५ गते काठमाडौं तीनकुनेमा भएको प्रदर्शनका क्रममा सरकारले गरेको धरपकड र गिरफ्तारीका कारण राजावादीहरू झस्किएका छन् । उनीहरूले अब एक नभएसम्म सरकारसँग जुध्न गाह्रो हुने निष्कर्ष निकालेका छन् ।

तर उनीहरूले अहिले नै पार्टी एकताको प्रसंग त निकालेका छैनन् तथापि एकअर्काको अस्तित्व स्वीकार्दै सार्वजनिक कार्यक्रममा एकसाथ भने देखिन थालेका छन् ।

सोमबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आयोजनामा रत्नपार्कको शान्तिबाटिकामा राजावादी नेताहरू जुटेका देखिए । थापा र लिङ्देनसहितका सबै राजावादी नेताहरू यहाँको एकै मञ्चमा देखिए ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाले चैत १५ गते तीनकुने घटनामा पक्राउ परेकाको रिहाइ, राजसंस्था माग्दै धर्मनिरपेक्षताको विरोधमा बन्देज लगाउन कानुन निर्माण हुन लागेकोमा विरोधस्वरुप कार्यक्रम गरिएको बताए ।

यो कार्यक्रममा चैत १५ को घटनापछि करिब एक महिना घरभित्रै प्रहरीको निगरानीमा रहेका आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी पनि देखिए । उनी घरबाट निस्किएसँगै समितिका कार्यवाहक संयोजक जगमान गुरुङ सल्लहाकारको भूमिकामै फर्किएका छन् ।

कार्यक्रमका लागि राप्रपा नेपाल अध्यक्ष कमल थापाले विचार मिल्ने शीर्ष नेताहरूसँग सम्पर्क र समन्वय गरेका थिए । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टसँग कुरा गरेका थिए ।

राष्ट्र बचाउ अभियान, नेपाली काङ्ग्रेस (बीपी), शिव सेना नेपाल लगायत संस्थासँग पनि समन्वय गरिएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ३ : ३८ बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१७ बकुलाही बस्ने

कुलिङ पिरियडमाथि भएको छेडखानी जनता र संसद् माथिको आक्रमण : सरिता प्रसाईं

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य सरिता प्रसाईंले

हलेसी तुवाचुङमा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)सहित विभिन्न कक्षाको

भुटानविरुद्ध फराकिलो जितसहित सेमिफाइनलमा नेपाल, रौनकको शानदार शतक

काठमाडौं- रौनक श्रीवास्तवले शानदार शतक बनाएसँगै नेपालले भुटानविरुद्ध २९८ रनको

एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ

मकवानपुर– कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित