ट्रम्पको कर योजनाले अमेरिकी उपभोक्ताको हालत जर्जर « Khabarhub

ट्रम्पको कर योजनाले अमेरिकी उपभोक्ताको हालत जर्जर


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोभिड–१९ महामारी सुरु भएयता अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा न्यून स्तरमा झरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर योजनाका बारेमा चिन्ता व्यक्त गरिएका बेला मङ्गलबार प्रकाशित सर्वेक्षण तथ्याङ्कअनुसार अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा न्यून स्तरमा झरेको पाइएको हो ।

‘अमेरिकी उपभोक्ता विश्वास सूचकाङ्क अप्रिलमा ७.९ अङ्कले घटेर ८६ मा झरेको छ,’ कन्फरेन्स बोर्डले उपभोक्ता विश्वास सूचकाङ्कलाई उद्धृत गर्दै जानकारी गराएको छ । प्रतिक्रियाहरूमा उपभोक्ता विश्वास सूचकाङ्कमा आएको गिरावट ‘सर्वकालिक उच्च’ स्तरमा पुगेको छ ।

यो सन् २०२० को मे यताकै सबैभन्दा कम भएको एक प्रवक्ताले एएफपीलाई पुष्टि गरेका छन् ।

कन्फरेन्स बोर्डका वरिष्ठ अर्थशास्त्री स्टेफनी गुइचार्डले भने, ‘अप्रिलसँगै लगातार पाँचौं महिना उपभोक्ताको विश्वास घटेको पाइएको छ ।’

‘व्यापारको अवस्था, रोजगारीको सम्भावना र भविष्यको आयजस्ता तीन अपेक्षाका अवयवहरू तीव्र रूपमा बिग्रिएका छन्, जसले भविष्यको बारेमा व्यापक निराशावादलाई प्रतिबिम्बित गर्दछ,’ उनले भने ।

अमेरिकी राष्ट्रपति ट्रम्पको कर योजनाले लगानीकर्ताहरूलाई निराश बनाएको छ, जसले बजारको अस्थिरतालाई बढावा दिएको छ र उपभोक्ताको विश्वासमा गिरावट आएको छ ।

गुइचार्डका अनुसार ४८.५ प्रतिशत उपभोक्ताले आगामी १२ महिना शेयरको मूल्य घट्ने अपेक्षा गरेका छन्, जुन अक्टोबर २०११ पछिको सबैभन्दा उच्च हिस्सा हो ।

‘औसत १२ महिनाको मुद्रास्फीतिको अपेक्षा यस महिनामा सात प्रतिशत पुगेको छ जुन नोभेम्बर २०२२ पछि उच्चतम हो र यो अर्को चिन्ताजनक सङ्केत हो,’ गुइचार्डले भने ।

मुद्रास्फीतिको सम्भावना कायम रहिरहेमा व्यवसायहरूले भविष्यमा उनीहरूको लागत अझ बढ्नेछ भन्ने प्रत्याशामा मूल्य हरू बढाउँदछन् र यसले मूल्य वृद्धिको दुष्चक्र निम्त्याउन सक्छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ९ : १० बजे

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर प्रमुखलाई आग्रह

ललितपुर – ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा