फरार अभियुक्त ५ वर्षपछि पक्राउ « Khabarhub

फरार अभियुक्त ५ वर्षपछि पक्राउ


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– लुटपाट अभियोगमा अदालतबाट सजाय पाएर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–२ का ५२ वर्षीय भोला मन्सुरी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले डाँका मुद्दामा फरार रहेको मन्सुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

सिरहाको चन्द्र उदयपुर निवासी रहमत राई र जमाहिर मियाको जाहेरीको आधारमा जिल्ला अदालत सिरहाले २०७१ साल वैशाख ३० गते छ वर्ष कैद र रु एक लाख ८० हजार जरिवाना गरेको थियो ।

पक्राउ परेका मन्सुरीलाई जिल्ला अदालत सिरहामा बुझाउने प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ४ : ५६ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका