अध्यक्ष प्रचण्डलाई बेलौरीमा स्वागत तथा अभिनन्दन « Khabarhub

अध्यक्ष प्रचण्डलाई बेलौरीमा स्वागत तथा अभिनन्दन


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कञ्चनपुरको बेलौरी नगरपालिका पुगेपछि भव्य स्वागत तथा अभिनन्दन गरिएको छ।

तराई-मधेश जागरण अभियानअन्तर्गत बेलौरी पुगेको माओवादी केन्द्रको अभियान टोलीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो। कार्यक्रमको क्रममा बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले अध्यक्ष प्रचण्ड समक्ष नगरका समस्या र आवश्यकताहरू समेटिएको ज्ञापनपत्र पेश गरे ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय जनप्रतिनिधि र जनताको सद्‌भावपूर्ण स्वागतप्रति आभार प्रकट गर्दै बेलौरीका समस्या समाधान र विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘बेलौरी नगरपालिकामा म यसअघि पनि विभिन्न कार्यक्रमका अवसरमा आएको छु। यहाँका समस्याहरू बारे म जानकार छु। नेपाल–भारत सीमामा देखिने समस्या, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि म विपक्षी दलको नेताको हैसियतमा गर्न सकिने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु।’

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १२ : २५ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ