रेशम चौधरी पक्राउपछि भाँडियो जनमत-नाउपाको एकीकरण  « Khabarhub

रेशम चौधरी पक्राउपछि भाँडियो जनमत-नाउपाको एकीकरण 


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीचको एकीकरण कार्यक्रम स्थगित भएको छ । 

नाउपा संरक्षक रेशमलाल चौधरी पक्राउ परेपछि नाउपा र जनमत पार्टीबीच एकता नहुने भएको हो । 

सर्वोच्च अदालतको फैसला अनुसार कमलादीबाट चौधरीलाई पक्राउ परेर डिल्लीबजार कारागार लगिएपछि आज हुने भनेको एकता घोषणा कार्यक्रम स्थगित भएको हो । 

कार्यक्रम स्थगित भएको जानकारी जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत गराएका छन्। उनले सरकारले प्रतिशोध साँधेर पार्टी एकताकै दिन रेशम चौधरीलाई पक्राउ गरेको भन्दै कार्यकर्ताहरूलाई आआफ्नो घर जान आग्रह गरेका छन्। 

जनमत अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ।  यसको हामी घोर भर्त्सना गर्दछौं।  यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं।’

टीकापुर काण्डका मुख्य आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते  कारागारबाट छुटेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १ : ३९ बजे

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र