निखिलको फिल्म ‘आचार्य’बाट उषा र एलिसले डेब्यू गर्ने « Khabarhub

निखिलको फिल्म ‘आचार्य’बाट उषा र एलिसले डेब्यू गर्ने


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक निखिल उप्रेती करिब ७ वर्षपछि ठूलो पर्दामा फर्कने भएका छन् । उनी फिल्म ‘आचार्य’ लिएर यो वर्ष नै दर्शकलाई भेट्ने मनस्थितिमा छन् ।

चलचित्र विकास बोर्डका अनुसार कलाकारमा आफू र सञ्चिता लुइटेल लुइटेलको नाम टिपाएर फिल्म निर्माणको इजाजत लिएका हुन् ।

यही फिल्मबाट मोडल उषा उप्रेतीले पनि डेब्यू गर्ने खबर केही समयअघि बाहिरिएको थियो ।

खबरहबलाई प्राप्त जानकारी अनुसार निखिल अहिले कलाकार चयनको काममा व्यस्त छन् । उनी औपचारिक रुपमा फिल्म र कलाकारबारे जानकारी दिने तयारीमा छन् ।

फिल्ममा अनुबन्ध भएका कलाकारहरुलाई हेर्दा निखिल नयाँ अनुहारलाई अवसर दिने तयारीमा रहेको देखिन्छन् ।

यही बीच केही म्युजिक भिडियोमा अभिनय गरेका एलिस खनाल पनि फिल्ममा अनुबन्ध भएका छन् । एलिस र निर्माण पक्षबीच कागजी सम्झौता पनि भइसकेको छ ।

निखिल उप्रेती प्रोडक्सन प्रालिको ब्यानरमा बन्ने यो फिल्मको निर्देशक निखिल आफैँ हुन् । यो उनको निर्देशन रहने दोस्रो फिल्म हो ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ६ : ०० बजे

जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ– मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन

सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले काम गरिरहेको छ :  प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको