महिमानसिंहले कारागारलाई लेखेको पत्र अनधिकृत, कार्यान्वयन नगर्न पत्राचार | Khabarhub Khabarhub

महिमानसिंहले कारागारलाई लेखेको पत्र अनधिकृत, कार्यान्वयन नगर्न पत्राचार


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वाेच्च अदालतले शाखा अधिकृत महिमानसिंह विष्टले डिल्लीबजार कारागारलाई लेखेको पत्र अनधिकृत भएकाले कार्यान्वयन नगर्न सम्बन्धित निकायमा पत्राचार गरिएको बताएको छ ।

सर्वोच्चले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर पत्र लेख्ने विष्टलाई कानुनबमोजिमको कारबाही प्रकृया सुरु गरिएको पनि जनाएको छ ।

‘यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२।०१।१७ को श्री कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रुपमा सो पत्र लेख्ने अधिकृतलाई कानुनबमोजिमको कारबाहीको प्रकृया सुरु गरिएको बेहोरा सबैमा जानकारीको लागि अनुरोध छ,’ सर्वोच्चका प्रवक्तासमेत रहेका सह–रजिष्ट्रार अच्युत कुईकेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : १५ बजे

संसदीय अभ्यासमा सुधारको आवश्यकता छ : उपसभामुख राना

काठमाडौं– उपसभामुख इन्दिरा राना मगरले संसदको प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ ।

संसद्लाई जनमुखी बनाउन आवश्यक : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी

पर्सामा लागूऔषधका ११४ मुद्दा दर्ता

पर्सा– पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ ।

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

तनहुँ– तनहुँको आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको सेवा विस्तार गरिएको छ ।