महिमानसिंहले कारागारलाई लेखेको पत्र अनधिकृत, कार्यान्वयन नगर्न पत्राचार « Khabarhub

महिमानसिंहले कारागारलाई लेखेको पत्र अनधिकृत, कार्यान्वयन नगर्न पत्राचार


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वाेच्च अदालतले शाखा अधिकृत महिमानसिंह विष्टले डिल्लीबजार कारागारलाई लेखेको पत्र अनधिकृत भएकाले कार्यान्वयन नगर्न सम्बन्धित निकायमा पत्राचार गरिएको बताएको छ ।

सर्वोच्चले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर पत्र लेख्ने विष्टलाई कानुनबमोजिमको कारबाही प्रकृया सुरु गरिएको पनि जनाएको छ ।

‘यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२।०१।१७ को श्री कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रुपमा सो पत्र लेख्ने अधिकृतलाई कानुनबमोजिमको कारबाहीको प्रकृया सुरु गरिएको बेहोरा सबैमा जानकारीको लागि अनुरोध छ,’ सर्वोच्चका प्रवक्तासमेत रहेका सह–रजिष्ट्रार अच्युत कुईकेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : १५ बजे

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही