फेवातालको डिल भासियो, दुर्घटनाको उच्च जोखिम « Khabarhub

फेवातालको डिल भासियो, दुर्घटनाको उच्च जोखिम


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा फेवाताल किनाराको रातो डाँडा क्षेत्रको सडक भासिएको छ । गएराति परेको भारी वर्षाका कारण फेवाताल किनारस्थित रातो डाँडा नजिकको सडक भासिएको हो ।

सो क्षेत्रमा करिब एक सय मिटर सडक भासिएछ । १० मिटर सडक भासिएर पहिरो गएको छ भने करिब ४० मिटर जति सडक दबिएर पहिरो खस्ने अवस्थामा पुगेको छ ।

सडक भासिएको स्थानमा कुनै संकेत वा छेकबार नगर्दा उक्त क्षेत्रमा सडक दुर्घटनाको जोखिम बढेको छ ।

सडक भासिएको स्थान नजिकै केही समय अघि करिब १० मिटर क्षेत्रमा पहिरो गएको र त्यसलाई समेत मर्मत सम्हार नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ६ : ३१ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका