बिहीबार भगवान विष्णुको पूजा | Khabarhub Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख १८ गते बिहीबार। वैशाख शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ मे १ तारिख। मजदुर दिवस।

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ५ : २२ बजे

उन्नत जातका धानखेतीतर्फ आकर्षण किसान 

गलेश्वर– गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान

बैतडी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिँदै

बैतडी–  जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरिएको छ ।

मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेससहित मधेशका सात दल सर्वोच्च जाने

जनकपुरधाम- मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई

आगलागीमा जलेर एक जनाको मृत्यु

महोत्तरी– मनराशिसवा नगरपालिका-१० मरूवाही बस्ने बिकाउ पासवानको गोठमा आइतबार राति आगलागी हुँदा

इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा