छेकम्पारका बासिन्दा यार्सागुम्बा संकलन गर्न छेके र बाजु लेकतिर « Khabarhub

छेकम्पारका बासिन्दा यार्सागुम्बा संकलन गर्न छेके र बाजु लेकतिर


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गोरखा– चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा संकलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीय छिरिङफुञ्जो लामाले जानकारी दिए । 

‘कतिपय हिँडिसके, कतिपय जाने तयारीमा छन्’, उनले भने, ‘मौसम बिग्रिएर दुःख दिइरहेको छ ।’

चुमनुब्री–१ सामागाउँ र वडा नं ७ छेकम्पारका लेकमा उच्च गुणस्तरको यार्सागुम्बा पाइन्छ । यसलाई उत्तरी गोरखाका बासिन्दाको प्रमुख आम्दानीको स्रोत मानिन्छ । चुमनुब्रीको वडा नं ३ र धार्चे गाउँपालिकाको वडा नं ३ का लेकमा पनि यार्सागुम्बा पाइन्छ । 
    
छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न वैशाखको पहिलो सातादेखि नै लेकतिर जान थालेका निवर्तमान वडाध्यक्ष पासाङ फुञ्जो लामा बताउँछन्।

 ‘स्थानीय जान त गएका छन्, तर लेकमा अझै हिउँ जमिरहेको छ’, उनले भने, ‘यो वर्ष हिउँ ढिला प¥यो, लेक गएका पनि हिउँ पन्छ्याउँदै होलान् ।’

वैशाख लागेपछि लेक गएकाहरू असारतिर मात्र फर्कने गर्छन् । स्थानीय बासिन्दाले करिब दुई-अढाइ महिनालाई पुग्ने गरी याक-चौंरीलाई रासनपानी तथा लत्ताकपडा बोकेर लैजान्छन् ।

यार्साको मोसम सुरु भएपछि अधिकांशले घरमा ढोका लगाएर जहान परिवार, घरपालुवा पशुचौपाया सबै लेकमै लिएर जान्छन् ।

‘लेकमा अस्थायी क्याम्प बनाउँछन्, बालबच्चा पनि लेकमै लान्छन्, याक, चौंरी पनि लेकमै लान्छन्’, लामा पासाङले भने, ‘कसै–कसैका घरमा हिँड्न नसक्ने बुढाबुढी छन् भने रोङ्बा (तल्लो भेगका मान्छे)लाई घर कुरुवा राखेर आफू सबै लेकमै जान्छन् ।’ 

यहाँका बासिन्दाको मुख्य आयस्रोत यार्सागुम्बाबाट हुने कमाइ हो । उनीहरुले यार्सागुम्बा बेचेर रु दुई लाखदेखि चार लाखसम्म कमाउने गर्दछन् ।

‘अचेल लेकमा किरा पाउनै छोड्यो, दिनभरि खोज्दा एउटा, दुईटा मात्र पाइन्छ’, छिरिङ फुञ्जो भन्छन्, ‘अब केही वर्षपछि त त्यही पनि पाउन छोड्छ होला ।’

यार्सागुम्बा संकलनका लागि प्रत्येक घरले स्थानीयस्तरको समितिलाई रु ५०० र पालिकाका लागि रु ५०० तिर्नुपर्ने व्यवस्था छ । 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  १ : ११ बजे

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला